दशैं अवधिमा काठमाडौँ महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । […]