इलाम : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले उम्मेदवार छनोटको काम सहमति वा विमतिको नभएको बताए ।उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धनमा उम्मेदवार छनौटमा सकस देखिएको धारणा राखे।‘एमालेलाई उम्मेदवार छान्न सकस भयो भन्ने त भन्ने अहिलेसम्म सुनेकै पनि थिइनँ,’ उनले भने, ‘बरु, सत्ता गठबन्धनका साथीहरूलाई भएको सकस देख्दा पो एमालेलाई अप्ठ्यारो लागिरहेको छ।’ उनले एमालेले लामो समयदेखि चुनाव चाहेको भन्दै जनमतकै आधारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले