एन्फा अध्यक्ष नेम्वाङ अस्पतालबाट डिस्चार्ज

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ अस्पतालबाट डिस्चार्ज भएका छन् । एन्फा अध्यक्ष अस्वस्थ हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको थियो । एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना  भएका थिए ।  अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको छ ।  एन्फाको कार्यतालिका अनुसार बैठकमा विभिन्न १२ एजेन्डामा छलफल हुने तय भएको थियो ।