पर्यटन पुनरुत्थान समितिको जिम्मेवारी

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर वृद्धि भएसँगै फाट्टफुट्ट देखिएका पर्यटक फेरि हराउन थालेका छन् । अलिअलि भएका बुकिङ पनि रद्द भएका छन् । विगत २ वर्षदेखि पर्यटन व्यवसाय करीब करीब ठप्प छ । कोरोनाले सबैजसो पेशा व्यवसाय प्रभावित भए पनि लामो समयसम्म प्रभाव पारिरहेको क्षेत्रचाहिँ पर्यटन नै हो । कोरोनाकै कारण कतिपय व्यवसायी व्यवसायबाट पलायन भइसकेका छन् भने कतिपयचाहिँ सुधारको अपेक्षामा जसोतसो पेशालाई निरन्तरता दिने काममा लागिरहेका छन् । पर्यटन व्यवसायलाई सरकारले केही राहत दिए पनि त्यो धेरै व्यवसायीका लागि सहज भएन । अहिले गठबन्धनको सरकार बनेपछि पर्यटन पुनरूत्थानका लागि राम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन गरेको छ । पर्यटनमन्त्री प्रेम आलेको अध्यक्षतामा गठित पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिलाई कोभिड–१९ का कारण थला परेको पर्यटन उद्योगको पुनरुत्थान, पर्यटन उद्योगका नयाँ सम्भावनाहरूको खोजी, पहिचान तथा प्रवर्द्धन एवं पर्यटन क्षेत्रमा लगानीको वातावरणका लागि काम गर्न समितिलाई कार्यादेश दिइएको छ । समितिमा अर्थ मन्त्रालयका उपसचिवस्तरका प्रतिनिधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाका उपसचिव, पर्यटन विभागका उपसचिवस्तरका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको निर्देशक स्तरका प्रतिनिधि, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिहरू छन् । यसैगरी नेपाल एयरलाइन्सका क्याप्टेनहरू, उद्धव घिमिरे र सुरज भण्डारी, लुम्बिनी संग्रहालयका अध्यक्ष सुनिमा उदास, नेपाल पाटा च्याप्टरका सीईओ सुरेशसिंह बुडेल र सदस्य सचिवमा मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाका उपसचिव पनि पर्यटन क्षेत्र पुनरूत्थान प्राविधिक समितिमा छन् । पर्यटनको पुनरुत्थान अहिलेको जल्दाबल्दो समस्या हो । यसका लागि सरकारले अध्ययन अघि बढाउनु राम्रो काम हो । तर, समितिमा चर्चामा आएका र नेपालको समग्र पर्यटन बुझेका व्यक्तिहरू पर्न सकेका छैनन् । त्यस्ता व्यक्तिलाई पनि समेटिएका भए यस्तो समितिको औचित्य बढी देखिन्थ्यो । साथै पर्यटन व्यवसायका वास्तविक समस्या र तिनको समाधानका ठोस उपायबारे सरकारले सही सुझाव प्राप्त गथ्र्यो । अझ पर्यटन व्यवसायीसँग एकपटक अनौपचारिक छलफल गरेर यस्तो समिति बनाएको भए त्यो बढी प्रभावकारी हुने थियो । जस्तो समिति बने पनि सरकार पर्यटन व्यवसायले भोग्नु परेका समस्यामा संवेदनशील छ भन्नेचाहिँ यसले देखाएको छ । पर्यटन उद्योगका नयाँ सम्भावनाहरूको खोजी, पहिचान तथा प्रवर्द्धन एवं पर्यटन क्षेत्रमा लगानीको वातावरणका लागि काम गर्ने जिम्मा समितिले पाएको छ । आशा गरौं, समितिले पक्कै पनि केही ठोस र व्यावहारिक सुझाव देला । यस्तो सुझावको कार्यान्वयन भयो भने पक्कै पर्यटन क्षेत्रले केही लाभ लिनेछ । तर, यस्ता सुझावहरू कार्यान्वयनमा नगएका विगतमा तीता अनुभवहरू छन् । हुँदैन नभन्ने तर कामचाहिँ नगरिदिने प्रवृत्ति सरकारी संयन्त्रमा सधैं देखिँदै आएको छ । आजसम्म पर्यटन क्षेत्रमा क्रियाशील संघसंस्थाहरूले विभिन्न समस्या सरकारी अधिकारीहरूसमक्ष नराखेका होइनन् । आश्वासन पनि नपाएका होइनन् तर काम भने खासै हुन सकेको देखिँदैन । यो समिति पनि यस्तो नबनोस् भन्नेमा समितिमा बस्ने सदस्यहरू र सरकार आफै पनि प्रतिबद्ध हुन जरुरी छ । कोरोनाका नयाँ नयाँ भेरियन्ट आइरहने देखिएका हुँदा अब कोभिडसँगसँगै पर्यटनलाई अगाडि बढाउनुको विकल्प नभएकाले स्वास्थ्य मापदण्डको पालना गरी पर्यटन बजार तंग्रिने गरी सरकारले नीति तर्जुमा गर्नुपर्ने देखिन्छ । कोरोना महामारीपछि पर्यटन क्षेत्रमा लगाइएको असहजता हटाउँदै खुला गरिनुपर्छ । नेपालका प्रायःजसो सबै मुख्य गन्तव्यमा कोभिडविरुद्धको खोप लगाउने दर उच्च रहेको र अग्रपंक्तिमा सेवा दिने सबै पर्यटनकर्मीले उक्त खोपको मात्रा पूरा गरिसकेकोे सन्दर्भमा पर्यटन क्षेत्रलाई चलायमान बन्ने क्रममा रहेको छ । पूर्ण डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टाइनमा बस्नु नपर्ने, पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने निर्णय पछिल्लो समय सरकारले गरेका सकारात्मक पहल हुन् । सुरक्षित गन्तव्य र गतिविधिहरू पहिचान गरी प्रचारप्रसार गर्न आवश्यक छ । लामो समय पर्यटन क्षेत्र चलायमान नहुँदा यो क्षेत्रको रोजगारी, लगानी, यसमा रहेका पूर्वाधार जोखिममा परेको छ । पूर्ण खोपको मात्रा लगाएको सुनिश्चित गरेर पर्यटन बजारमा सुरक्षित पर्यटन क्षेत्र भनेर सकारात्मक सन्देश प्रवाह गर्न सकेको खण्डमा पर्यटक आगमन बढ्न सक्छ । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) कोभिडले सन् २०२१ मा गरेको अध्ययनअनुसार २ लाख ३० हजारको रोजगारी जोखिममा परेको, २० हजार टुर र ट्रेकिङ गाइडहरू बेरोजगार भएको र २ हजार ६ सय ट्रेकिङ एजेन्सीमा असर पर्दा करीब ५३ करोड अर्थात् ४ सय ६० मिलियन डलर बराबरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) गुमेको छ । त्यसैले पर्यटन बजारलाई चलायमान बनाउन विशेष अभियान आवश्यक छ । आन्तरिक पर्यटन तत्कालका लागि राहत हो । विदेशी पर्यटक नआएसम्म पर्यटन पुरानै लयमा फर्कन सक्दैन । अझ अहिले पर्यटन व्यवसायमा नेपालको प्रतिस्पर्धा अन्य मुलुकसँग बढेर गएको छ । भारत, चीन, माल्दिभ्सलगायत देशसँग प्रतिस्पर्धा छ । त्यसैले पर्यटक आगमनलाई जति सकिन्छ छिटो सहज बनाइनुपर्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नै एन्टिजेन, पीसीआर परीक्षण गर्ने व्यवस्था गरेर संक्रमण नदेखिएका पर्यटकलाई सहजै नेपालमा घुम्न दिने व्यवस्था गर्न आवश्यक छ । नेपालको प्रमुख पर्यटकीय प्रडक्ट प्रकृति नै हो । यहाँ पर्यटकको ठूलो भीडभाड नहुने गरी गतिविधि हुने गरेको छ । यस्तोमा संक्रमणकै अवस्थामा पनि पर्यटक आगमन हुन सक्छ । यूरोप अमेरिकातिरको प्रवृत्ति हेर्दा संक्रमणको बेवास्ता गर्दै पर्यटक घुम्न निस्किएको पाइन्छ । भ्याक्सिनको प्रमाणपत्र र कोरोना नेगेटिभको रिपोर्ट हेरेर उनीहरूले सबै पर्यटक गतिविधि खुला राखेका छन् । हामीले पनि त्यस्तै गर्नुपर्छ । नेपालको प्रचार राम्रो छ । तर, त्यो प्रचारलाई पर्यटनको बजारीकरणसँग जोड्न सकिएको छैन । प्रचार हुनु र बजारीकरणमा फरक छ । नयाँ रणनीतिका साथ बजारीकरण गर्नु आवश्यक छ । सरकारले झन्झटरहित यात्रा गराउन सकेको खण्डमा अझ राम्रो हुँदै जानेछ । अबसबै देशले पर्यटकको प्रचारप्रचारमा काम गरिरहेका छन्, हामीले पनि हाम्रो स्रोत बजारमा प्रचारप्रचारमा लाग्नु नै अबको रणनीति हुनुपर्छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

सम्बन्धित सामग्री

पर्यटन पुनरुत्थान समिति विघटन

कोभिडपछिको पर्यटन पुनरुत्थान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार महिनाअघि गठन गरेको पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन गरिएको छ ।  ‘राजाराम गिरीको संयोजकत्वमा माघ २ गते गठन गरिएको पर्यटन पुनरुत्थान प्राविधि समितिलाई मन्त्रीस्तरीय निर्णयबाट सोमबार विघटन गरिएको छ,’ पर्यटन मन्त्री प्रेम बहादुर आलेका स्वकीय सचिव हेमन्त रेग्मीले भने, ‘उक्त समितिले वैशाख २० गते प्रतिवेदन बुझाइसकेकाले विघटन गरिएको हो ।’

पर्यटकीय क्षेत्र खण्डहर बन्दै : करोडौंको लगानी जोखिममा

साउन ३२, धरान । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि पर्यटकीय क्षेत्रको लगानी मासिदै गएको छ । प्रदेश नम्बर १ का अधिकांश पर्यटकीय क्षेत्रहरु खण्डहरमा परिणत भएका छन् भने निजी क्षेत्रबाट लगानी गरिएका पर्यटन व्यवसाय पनि जोखिममा छन् ।  दुई वर्षदेखि कोरोनाको मारमा परेको पर्यटन व्यवसायलाई उठाउन हालसम्म सरकारले कुनै चासो दिएको छैन । व्यावसायीहरु ऋणको भार थपिएर पलायन हुने अवस्थामा पुगेका छन् । पर्यटन व्यवसायको जोखिम न्यूनीकरण गर्न पटक पटक सरकारसँग आग्रह गर्दै आए पनि कुनै सुनुवाई भएको छैन । पर्यटन क्षेत्र प्रभावित बन्दै व्यवसायीको ठूलो लगानी सहित धेरैको रोजगारी जोखिममा पर्न थालेपछि व्यवसायीहरु अहिले आफै प्रवर्द्धनमा लाग्न बाध्य भएका छन् ।  प्रदेश सरकारले कुनै चासो नदिए पछि आइतवार आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ ले व्यवसायीहरुको मनोबल कायम राख्न अभियान शुरु गरेको छ । प्रदेशका मुख्य पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेको छ । निजी क्षेत्रबाट शुरु भएका पर्यटन व्यवसायको अध्ययन गरेको छ । अवलोकनका क्रममा व्यवसायीहरु बैंकको ऋण तिर्न नसकेर भाग्नुपर्ने अवस्थामा भेटिएको समितिका सहसंयोजक बासुदेव बरालले बताए ।  उनले भने, ‘पर्यटकीय क्षेत्रको अवस्था विजोग छ, ठूलो लगानीमा सञ्चालनमा आएका व्यावसाय समेत ओपनिङ सम्म गर्न पाएका छैनन्, कतै त बैंकले कल गरेको हो कि भनेर शसंकित हुने गरेको छ ।’ सवारी साधनहरु सञ्चालन भए पनि व्यवसाय बन्द गर्नु पर्ने अवस्थाले यात्रुहरुले खाजा खाने ठाउँ पनि नपाउने अवस्था रहेको उनको भनाइ छ । सरकारले तोकेको पर्यटकीय गन्तव्यहरुमा पनि कुनै पुर्वाधार नबनाएको, भएका क्षेत्रहरु खण्डहर बन्दै गएको उनले बताए ।   अहिलेको अवस्थामा पर्यटन व्यावसाय करीब ५ वर्ष पछाडि परेको उनी बताउँछन् । उनी भन्छन्, ‘डेढ वर्षदेखि बैंकको ब्याज ऋणको रुपमा थपिदै छ, उठ्नको लागि निकै कठिन छ, भौतिक पुर्वाधारहरु ध्वस्त बनेका छन् ।’ समितिले व्यवसायीहरुलाई सान्तवना, हौसला दिन पर्यटकीय क्षेत्रका व्यवसायीहरु समक्ष पुगेको उनले बताए ।  समुन्द्र सतहबाट ५८ मिटर मात्र उचाईमा रहेको गहिरो स्थान केचनावल देखि लिएर विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा सम्म रहेको प्रदेश नम्बर १ मा प्राकृतिक, भौगोलिक, धार्मिक पर्यटकीय स्थलका साथै पर्यटन व्यवसायीहरुले करोडौंको लगानी पूर्ण रुपमा जोखिममा रहेको समितिका संयोजक भविष श्रेष्ठ बताउँछन् ।  कोरोनाको कारण पर्यटन व्यवसाय सुतेको अवस्थामा रहेकाले निजी क्षेत्रसँग सरकारले समन्वय गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘२०७७ सालको चैतबाट कोरोना कहरले प्रभावित वनाएको पर्यटन व्यवसाय २०७८ को असोजदेखि पुनः बामे सर्न थालेको अवस्थामा फेरी दोस्रो लहरको कोरोना फैलन थालेपछि गत पुस, माघ देखिनै पुनः प्रभावित बन्न पुगेको छ ।’ काठमाडौं उपत्यका पछिको पर्यटकीय गतिविधि हुने प्रदेश नम्बर १ मा आन्तरिक पर्यटकहरुका साथै छिमेकी मुलुक भारत सहित तेस्रो मुलुकदेखि पर्यटकहरु समेत घुम्न आउने गरेका थिए । झापाको झिलझिलेमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि निर्माण गरिएको वाटर किण्डम पार्क एण्ड रिसोर्टका सञ्चालक राजकुमार संग्रौला पार्क तयारी गरेर परीक्षणका लागि सञ्चालन गरेपनि पुनः कोरोना कहर शुरु भएपछि बन्द गर्नु परेको गुनासो गर्छन् । आगामी दिनमा पर्यटन व्यवसायलाई सहज रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर समितिका संयोजक श्रेष्ठको नेतृत्वमा मोरङ र झापाका पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन गरेको थियो ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पासपोर्ट टु पोखरा’ अफर ल्याइँदै

आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी) गण्डकीले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन ‘स्क्राच एण्ड वीन’ मार्फत ‘पासपोर्ट टु पोखरा’ अफर ल्याउने तयारी गरेको छ । पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि ‘स्क्राच एण्ड वीन’ मार्फत सो अफर ल्याउन लागिएको समितिका संयोजक अग्नि कँडेलले जानकारी दिनुभयो । “पर्यटक आउनुस् भनेर मात्र आउँदैनन्, केही विशेष र आकर्षक योजना चाहिन्छ । हामी त्यसैका लागि केही अफरको गृहकार्यमा जुटेका छौँ”, कँडेलले भन्नुभयो ।

१० महिनापछि सिरुबारी होमस्टे खुला हुँदै

नेपालकै पहिलो ग्रामीण पर्यटनको मान्यता पाएको सिरुबारी होमस्टे २७ माघदेखि खुला हुने भएको छ । कोभिडका कारण बन्द रहेको होमस्टे करिब १० महिनापछि खुला गर्न लागिएको आन्तरिक पर्यटन पुनरुत्थान समिति स्याङ्जाले...

स्याङ्जाका होमस्टे भोलिदेखि खुल्ने

गत चैत ११ गते लकडाउन सुरु भएयता ती होम स्टे बन्द छन्।जिल्लाका ४९ वटै होमस्टे मंगलबारदेखि खुल्ने आन्तरिक पर्यटन पुनरुत्थान समिति स्याङ्जा र होमस्टे एसोसियसन नेपाल, स्याङ्जाले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।...

पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन अभियान सञ्चालन

२३ माघ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) का कारण थला परिसकेको प्रदेश २ को पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन पहल थालिएको छ । प्रदेशका होटेल व्यवसायी मिलेर आन्तरिक पर्यटन पुनरुत्थान समिति बनाउँदै पहल सुरु …

बागमती प्रदेशको आन्तरिक पर्यटन पुनरूत्थान समितिमा न्यौपाने

पर्यटन व्यवसायी दुर्गानाथ न्यौपाने (बलराम) आन्तरिक पर्यटन पुनरुत्थान समिति बागमती प्रदेशको सह–संयोजकमा नियुक्त भएका छन्।

बाग्मती प्रदेशमा बन्यो आन्तरिक पर्यटन पुनरुत्थान समिति

नेपाल पर्यटन बोर्डले बाग्मती प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको छ ।  पर्यटन व्यवसायी ध्रुव सिम्खडाको संयोजकत्वमा गठित समितिमा २० सदस्य रहेका छन् ।  पर्यटनबोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले मंगलवार समिति गठन गरेका हुन् । समितिको सदस्यहरूमा काभ्रेपलाञ्चोकबाट प्रेम श्रेष्ठ, र केशव बडाल रहेका छन् । यस्तै नुवाकोटबाट होटल तथा पर्यटन व्यवसायी सन्तोष उप्रेती र लेलिन रन्जित रहेका छन् ।  यस्तै चितवनबाट दिपक भट्टराई, दोलखाबाट हरि ओली, रसुवाबाट लाक्पा लामा, रितु ग्यामदान र तेम्बा तामाङ, काठमाडौं...

पर्यटन बोर्डले गठन गर्यो बागमती प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समिति

काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समिति, बागमती प्रदेश गठन गरेको छ । प्रदेश अन्तर्गतका १३ वटा जिल्लालाई नै समेटेर बोर्डले २१ सदस्यीय पुनरुत्थान समिति गठन गरेको हो । बोर्डका अनुसार आन्तरिक पुनरुत्थान समितिका लागि बागमती प्रदेशलाई दिएको कार्यक्षेत्रगत शर्तहरु (टीओआर) बमोजिम प्रदेशबाट प्राप्त प्रस्तावहरुको नामावलीबाट अन्तिम नामावली समेटेर समिति गठन गरेको हो ।उक्त समितिमा काभ्रेपलाञ्चोक जिल्लाबाट प्रेम श्रेष्ठ र केशब बडाल, नुवाकोटबाट सन्तोष उप्रेती र लेलिन रञ्जित, चितवनबाट दि

कर्णाली प्रदेशमा पर्यटन पुनरुत्थान समिति गठन

१८ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डले कर्णाली प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको छ । समितिको संयोजकमा ललितजंग महत र सहसंयोजकमा भरतबन्धु थापा नियुक्त भएका छन् । महत जुम्लाका होटल व्यवसायी हुन् । दैलेखका थापा …