स्याङ्जाका होमस्टे भोलिदेखि खुल्ने

गत चैत ११ गते लकडाउन सुरु भएयता ती होम स्टे बन्द छन्।जिल्लाका ४९ वटै होमस्टे मंगलबारदेखि खुल्ने आन्तरिक पर्यटन पुनरुत्थान समिति स्याङ्जा र होमस्टे एसोसियसन नेपाल, स्याङ्जाले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।...

सम्बन्धित सामग्री

एकैरात १३ घरमा चोरी

देशकै पहिलो (घरबास) होमस्टे आँधीखोला गाउँपालिका–१ सिरुबारी गाउँमा एकै रात १३ स्थानमा चोरी भएको छ । वडा कार्यालयसहित एक बौद्ध गुम्बा, एक सहकारी र आठवटा निजी घरमा एकैरातमा चोरी भएको हो । राजास्वाँरादेखि सिरुबारी गाउँसम्मको दुई किलोमिटर क्षेत्रभित्र चोरी भएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले बताए । चोरी गर्नेले मुख्य गरेर सुन र नगदमा ध्यानमा […]

कोभिडपछि लयमा फर्किंदै स्याङ्जाका घरबास

स्याङ्जा । कोभिड–१९ का कारण बन्द रहेका स्याङ्जाका घरबास (होमस्टे) विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमणको जोखिमका कारण बन्द भएका जिल्लाका विभिन्न ठाउँका होमस्टेहरू संक्रमण घटेसँगै पुनः सञ्चालन हुन थालेका हुन् । जिल्लाका ११ स्थानीय तहमा स्थापित पुराना तथा नयाँ घरबास कोभिडका कारण ठप्पप्रायः थिए । जिल्लामा दक्षिण एशियाकै पहिलो मानिएको सामुदायिक घरबास (सिरुबारी) सहित अन्य पुराना तथा नयाँ घरबास सञ्चालनमा छन् । देशको १०० नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल सिरुबारीमा रहेका होमस्टेहरू कोभिडको जोखिम घटेसँगै फागुन पहिलो सातादेखि सञ्चालनमा आएको सिरुबारी सामुदायिक होमस्टेका व्यवस्थापक उर्मिला गुरुङले बताइन् । ‘कोभिडको पहिलो लहरबाट उठ्न खोज्दा खोज्दै दोस्रो र तेस्रो लहरको नयाँ भेरियन्ट आयो,’ व्यवस्थापक गुरुङले भनिन्, ‘देशव्यापी रूपमा महामारी बढेसँगै यहाँ आन्तरिक तथा बाह्य पाहुना आउने क्रम रोकियो, अहिले संक्रमण घटेसँगै पुनः सञ्चालनमा ल्याएका छौं ।’ ३९ घरबाट शुरू भएको घरबास हाल २० घरमा सञ्चालित छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट स्वागत गरिन्छ । विशेषगरेर यहाँ घरबासको व्यवस्थापन पक्षका बारेमा बुझ्न टाढा टाढाबाट पाहुना आउने गर्छन् । कोभिडका कारण बन्द भएको फेदीखोला गाउँपालिका–१ रामकोटको नानीफूपू होमस्टे पनि सञ्चालनमा आएको अध्यक्ष खगीकुमारी गुरुङले बताइन् । ‘घरबासमा आउन देशका विभिन्न भागबाट फोन आउने गरेको थियो,’ अध्यक्ष गुरुङले भनिन्, ‘जोखिमलाई ध्यानमा राखेर पाहुनालाई नआउन अनुरोध गर्दै फर्कायौं, अहिले संक्रमण कम हुँदै गएपछि पुनः सञ्चालनमा ल्याएका छौं ।’ वालिङ नगरपालिका–४ एलादीमा रहेको सुन्तलाबारी सामुदायिक घरबासलाई पनि कोभिडले नराम्रो असर पार्‍यो । दैनिक ४०–५० जना आन्तरिक तथा बाह्य पाहुना आउने गरेको उक्त घरबास अझै खुल्न सकेको छैन । कोभिडको पहिलो लहरमा पूर्णरूपमा बन्द रहेको उक्त घरबास दोस्रो र तेस्रो लहरको शुरुआती चरणबाटै बन्द गरेर पाहुनालाई नआउन अनुरोध गरिएको होमस्टेका अध्यक्ष डिलविक्रम गुरुङले बताए । ‘कोभिड संक्रमण कम हुँदै गएकाले छिट्टै बैठक बसेर सञ्चालनको निर्णय गर्छौं,’ उनले भने । यता, वालिङ–५ मा रहेको पित्लेक देउराली घरबासमा भने पर्यटकको चासो देखिएको छ । ‘घरबास सञ्चालनमा आएसँगै जिल्लाभित्र तथा बाहिरीबाट संघ, संस्था, समूह तथा व्यक्तिहरूको फोन आउन थालेको छ,’ होमस्टेका सचिव तिलक गुरुङले भने, ‘कोभिडकै कारण थला परेको घरबास अब भने तंग्रिन्छ कि भन्ने आशा जागेको छ ।’

कोभिडका कारण थला परेका स्याङ्जाका घरबास तंग्रिन खोज्दै

फागुन १९, स्याङ्जा । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण थला परेको स्याङ्जाका घरबास (होमस्टे) हरु विस्तारै खुल्न थालेका छन् । कोभिड-१९ को संक्रमणको जोखिमकै कारण बन्द भएका स्याङ्जाका विभिन्न होमस्टेहरु संक्रमण कमी भएसँगै खुल्न थालेका हुन् । जिल्लाका ११ ओटा स्थानीय तहहरुमा स्थापित पुराना तथा नयाँ घरबासहरु कोभिडका कारण थलिए पनि विस्तारै खुलेसँगै पाहुनाहरुको चलहपहल बढेकाले तङ्ग्रिदै जान थालेका हुन् । होमस्टेको राजधानीको रुपमा परिचित हुँदै गएको स्याङ्जा जिल्लामा दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास (सिरुबारी) सहित यहाँ अन्य पुराना तथा नयाँ नयाँ घरबासहरु पनि सञ्चालनमा छन् । देशभरकै १०० नयाँ पर्यटकीय गन्तब्यमा पर्न सफल रहेको सिरुबारी अघिल्लो कोभिड कहरको अन्त्यसँगै फागुनको पहिलो साताबाट सञ्चालनमा आएको सिरुबारी सामुदायिक होमस्टेका व्यवस्थापक उर्मिला गुरुङले जानकारी दिइन् । ‘पहिलो चरणको कोभिड-१९ को कहरबाट उठ्न खोज्दा खोज्दै दोस्रो र तेस्रो लहरको नयाँ भेरियन्टहरु आइलाग्यो’ व्यवस्थापक गुरुङले भनिन्, ‘देशव्यापी महामारी बढेसँगै यहाँ आन्तरिक तथा बाह्य पाहुनाहरु आउनेक्रम रोकियो, अहिले संक्रमण घटेसँगै पुनः सञ्चालनमा ल्याएका छौं ।’ ३९ घरबाट शुरु भएको घरबास हाल २० घरमा सञ्चालित छ । यहाँ १०० को हाराहारीमा पाहुना राख्न सकिन्छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट न्यानो स्वागत गर्ने गरिन्छ । विशेष गरेर यहाँ घरबासको व्यवस्थापन पक्षकाबारेमा बुझ्न टाढा टाढाबाट पाहुनाहरु आउने गर्छन् । पहिलो चरणको बन्दाबन्दीबाट माथि उठ्न नपाउँदै दोस्रो र तेस्रो चरणको कोभिड १९ का कारण बन्द हुन पुगेको फेदीखोला गाउँपालिका १ रामकोटको नानीफूपू होमस्टे पनि सञ्चालनमा आएको अध्यक्ष खगीकुमारी गुरुङ (नानीफूपू) ले बताइन् । ‘घरबासमा आउनका लागि देशका विभिन्न भागबाट फोन आउने गरेको थियो’ अध्यक्ष गुरुङले भनिन्, ‘जोखिमलाई मध्यनजर गर्दै सम्पर्कमा आएका पाहुनाहरुलाई नआउन अनुरोध गर्दै फर्कायौं तर अहिले संक्रमणको दर कम हुँदै गएपछि पुनः सञ्चालनमा ल्याएका छौं ।’ विश्व शान्ति र ब्रिटिस साम्राज्यको सम्बृद्धिको पक्षको युद्धहरुमा मारिएका र बेपत्ता पारिएका ६० हजारभन्दा बढी दिवंगत गोर्खालीहरुको सम्मानमा साल्मेडाँडामा निर्माणाधिन अवस्थामा रहेको गोरखा स्मारकसँगै रहेकाले पनि यो होमस्टेमा पाहुनाहरुको आवतजावत बढी हुने गरेको छ । वालिङ नगरपालिका ४ एलादीमा रहेको सुन्तलाबारी सामुदायिक घरबासलाई पनि कोभिडले नराम्रो असर पार्‍यो । औसतमा दैनिक ४०–५० जना आन्तरिक तथा बाह्य पाहुनाहरु आउने गरेको उक्त घरबास अझै खुल्न सकेको छैन ।  कोभिडको पहिलो लहरमा पनि पूर्णरुपमा बन्द रहेको उक्त घरबास दोस्रो र तेस्रो लहरको शुरुआती चरणबाटै बन्द गरेर यहाँ पाहुनाहरुलाई नआउन अनुरोध गरिएको अध्यक्ष क्याप्टेन डिलबिक्रम गुरुङले बताए ।  कोभिड १९ को संक्रमण दर अब कम हुँदै गएकाले छिट्टै बैठक बसेर कहिलेबाट सञ्चालन थाल्ने भन्ने निर्णय गर्छौ । कोभिडका कारण बन्दाबन्दीबाट आक्रान्त भएका व्यक्तिहरु संक्रमण दर कम भएसँगै घरबाहिर निस्कने, घुम्ने क्रम बढेसँगै दैनिक पाहुनाको अत्याधिक चाप हुने गरेको वालिङ ५ मा रहेको पित्लेक देउराली घरबासका सचिव तिलक गुरुङले बताए । ‘घरबास सञ्चालनमा आएकासँगै जिल्लाभित्र तथा बाहिरी जिल्लाबाट संघ, संस्था, समूह तथा व्यक्तिहरुको फोन आउन थालेको छ’ सचिव गुरुङले भने, ‘कोभिडकै कारण थला परेको घरबास अब भने तङ्ग्रिन्छ कि भन्ने आशा जागेको छ ।’ पित्लेक देउराली घरबासमा ६० जना पाहुनाहरु राख्न सक्ने क्षमता रहेको छ । कोभिडको संक्रमणदर कम भएसँगै अब विस्तारै पुरानै लयमा फर्किन पाईने विश्वासमा आफूहरु रहेको सचिव गुरुङले बताए । यी प्रतिनिधि घरबासहरु जस्तै जिल्लामा रहेका अन्य घरबासहरु पनि विस्तारै खुल्दै गएका छन् । घरबासहरु खुल्दै गएकाले यहाँ आन्तरिक तथा बाह्य पाहुनाहरु आउन थालेपछि चहलपहल बढ्दै गएको छ ।

स्याङ्जाका ४९ वटा होमस्टे सञ्चालन

स्याङ्जा : कोरोना महामारीपछि बन्द रहेका स्याङ्जाका होमस्टे सञ्चालनमा आएका छन्। कोरोना महामारी बिस्तारै नियन्त्रणमा आएको भन्दै स्याङ्जाका ४९ वटा होमस्टे एकैसाथ सञ्चालन ल्याइएको हो।देशकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुबारी होमस्टेबाट जिल्लाभरका होमस्टे सुरु भएको सन्देश दिन दुई दिने परिचयात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा जिल्लाभरका होमस्टे सञ्चालकलगायतको सहभागिता थियो। आँधीखोला गाउँपालिका–१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले मंगलबारदेखि स्याङ्जाका ४९ वटै होमस्टे एकै सा

स्याङ्जाका होमस्टेमा दुई हजार पर्यटक व्यवस्थापन गर्न सकिन

स्याङजाका ४९ वटा होमस्टेमा एकैरात २ हजार जना पर्यटक व्यवस्थापन गर्न सकिनेपोखरा-नेपालकै पहिलो सिरुवारी (पञ्चमूल) सामुदायिक होमस्टे (घरवास) यही माघ २७ गते सोमबारदेखि पर्यटकहरूका लागि खुला भएको छ । कोरोनाको जोखिम न्यूनीकरण हुँदै गएकाले चैत ११ देखि बन्द रहेको सिरुवारी होमस्टे सोमबारदेखि खुला भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सिरुवारी होमस्टेका संयोजक जुम गुरुङले बताए […]

स्याङ्जाका ४९ होमस्टे गाउँ पाहुना राख्न तयार

२५ माघ, पोखरा । २०५४ सालमा स्याङ्जाको सिरुबारीमा तत्कालीन सांसद क्याप्टेन रुद्रमान गुरुङले सामुदायिक घरबास (होमस्टे) को अवधारणा ल्याए । होमस्टे सञ्चालन गर्नेका लागि सिरुबारी एउटा पाठशाला बन्यो । त्यसपछि होमस्टे अवधारणा गाउँहरुमा पनि फैलिँदै गयो ।स्याङ्जाकै अन्य गाउँहरुमा पनि होमस्टे लहरै चल्यो । सिरुबारीजस्तै स्याङ्जाकै वालिङ नगरपालिका–४ मा सुन्तलाबारी सामुदायिक होमस्टे सञ्चालनमा आयो । […]

होमस्टे आउने पर्यटक उत्साहजनक

होमस्टेका समस्या बुझेर समाधानका लागि हातेमालो गर्ने उद्धेश्यले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराले गण्डकी अञ्चलका आधा दर्जन सामुदायिक होमस्टेको अध्ययन भ्रमण गरेको छ । उसले तनहुँका चार, गोरखा र स्याङ्जाका एक–एक होमस्टे अनुगमन गरेको हो । भिटोफका अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोली भर्खरै तनहुँको बन्दीपुृर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे, कोरिखा सामुदायिक होमस्टे र…