नेपाल पर्यटन बोर्डले बाग्मती प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको छ ।
पर्यटन व्यवसायी ध्रुव सिम्खडाको संयोजकत्वमा गठित समितिमा २० सदस्य रहेका छन् ।
पर्यटनबोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले मंगलवार समिति गठन गरेका हुन् ।
समितिको सदस्यहरूमा काभ्रेपलाञ्चोकबाट प्रेम श्रेष्ठ, र केशव बडाल रहेका छन् । यस्तै नुवाकोटबाट होटल तथा पर्यटन व्यवसायी सन्तोष उप्रेती र लेलिन रन्जित रहेका छन् ।
यस्तै चितवनबाट दिपक भट्टराई, दोलखाबाट हरि ओली, रसुवाबाट लाक्पा लामा, रितु ग्यामदान र तेम्बा तामाङ, काठमाडौं...