कोभिडपछिको पर्यटन पुनरुत्थान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार महिनाअघि गठन गरेको पर्यटन पुनरुत्थान प्रविधि समिति विघटन गरिएको छ । ‘राजाराम गिरीको संयोजकत्वमा माघ २ गते गठन गरिएको पर्यटन पुनरुत्थान प्राविधि समितिलाई मन्त्रीस्तरीय निर्णयबाट सोमबार विघटन गरिएको छ,’ पर्यटन मन्त्री प्रेम बहादुर आलेका स्वकीय सचिव हेमन्त रेग्मीले भने, ‘उक्त समितिले वैशाख २० गते प्रतिवेदन बुझाइसकेकाले विघटन गरिएको हो ।’