‘ओपन टु मोर’मा लाहुरे र विपुल जोडिए

विश्वभरका सांगीतिक क्षेत्रका राम्रा कलाकारको खोजी गरी डिप्लो र मोको सहकार्यमा नयाँ सांगीतिक ट्रयाक बनाउन लागिएको ‘टुबोर्ग ओपन’मा नेपाली कलाकार -यापर लाहुरे र गायक विपुल क्षेत्री पनि जोडिएका छन्। डेनिस ब्रान्ड टुबोर्गको ‘टुबोर्ग ओपन’को सहयोगले ‘ओपन टु मोर’ अभियानमार्फत स्थानीय कलाकारबाट मानिसहरूलाई अभियानमा प्रेरित गराउन सांगीतिक कार्यक्रम गर्नेछन्।

सम्बन्धित सामग्री

लाहुरे फूलको बिरुवा कसरी रोप्ने ?

अंग्रेजीमा डालिया भनिने लाहुरे फूल बहुवर्षीय र गाँठा जरा हुने प्रजातिको फूल हो । खासगरी मेक्सिको, कोलम्बिया तथा मध्यअमेरिकाको रैथाने प्रजातिको लाहुरे फूल ३६ प्रजातिका पाइन्छन् । थुप्रै प्रजाति भएपनि नेपालमा भने यति नै प्रजातिका लाहुरे फूल पाइन्छन् भन्ने यकिन छैन । विशेषगरी कुनै समारोहमा सजावटका लागि प्रयोग गरिने यो फूल टाढाबाट हेर्दा सूर्यमुखी फूलजस्तै […]

अब 'लाहुरे' लागुऔषधविरुद्धकाे अभियानमा

कास्की – युवा माझ लोकप्रिय कलाकार हुन् र्‍यापर लाहुरे अर्थात् आशिष राना । उनलाई कास्की प्रहरीले केही महिना अगाडि लागुऔषध प्रयोग गर्दै गर्दा पक्राउ गर्‍याे । उनी ५६ दिन जेलमा बसेर छुटेका छन् । उनै लाहुरे अब भने लागुऔषधविरुद्धको अभियानमा निस्कने तरखरमा छन् ।   नजिकै आउन लागेको अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसकाे अवसरमा लाहुरे अभियानमा अगाडि बढ्ने भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्ने कार्यक्रममा...

तन्नेरीहरूको लाहुरे सपना

विराटनगर : भोजपुरका १८ वर्षीय विश्व राई सिंगापुर पुलिसको तयारीमा छन्। सुनसरीको इटहरी उपमहानगरपालिकास्थित कस्तुरी एकेडेमीमा बिबिएस प्रथम वर्षमा अध्ययनरत उनलाई लाहुरे बन्ने सपनाले तानेर साँझको समय सुनसरीको धरान बजारको तीनकुनेको सडकसम्म पुर्‍याउँछ।बाल्यकालमा पढाइका लागि भोजपुरदेखि अरूण तरेर संखुवासभाको सदरमुकाम खाँदबारी पुगेका थिए। त्यही बेलादेखि नै लाहुरे बन्ने सपना देखेका विश्व बताउँछन्। त्यही सपना बोकेर उनी धरानको तीनकुने रोडमा दैडिरहेका छन्। व्यायाम र दौडका लागि उनी दैनिक साँझ ५ बजे घर

र्‍यापर 'लाहुरे' पाेखराबाट पक्राउ

काठमाण्डाै – चर्चित र्‍यापर आशिष राना मगर अर्थात् 'लाहुरे' पाेखराबाट पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर काराेबार गरेकाे आराेपमा प्रहरीले 'लाहुरे' लाई पक्राउ गरेकाे हाे ।  लाहुरेसहित चार जना जनालाई हिजाे बुधवार राति पाेखराकाे न्युराेडबाट पक्राउ गरिएकाे कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभएकाे छ । लाहुरेकाे साथबाट लागुऔषध फेला नपरे पनि काराेबारमा संलग्न देखिएकाले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।   अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अघि बढाउन...

र्‍यापर लाहुरे लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ

काठमाडौँ – लागुऔषध ब्राउन सुगर सेवन गरेको अवस्थामा प्रहरीले ¥यापर आशीष राना मगर लाहुरे पक्राउ परेका छन् । पोखराको न्यूरोडबाट लाहुरेसहित चारजनालाई बुधबार लागुऔषध खैरो हेरोइन सेवन गरेको अवस्थामा पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिएका छन् । लाहुरेसहितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताए । उनी कास्की प्रहरी हिरासतमा […]

‘यूके लाहुरे हुँ’ भन्दै महिलासँग लाखौँ ठगी

सामाजिक सञ्जाल फेसबुकमा आफू ‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएर हाल काठमाडौँको बूढानीलकण्ठ–१० चुनिखेलमा बस्दै आएका ३१ वर्षीय केदार राई रहेका छन् ।राईले फेसबुकमा ‘केडी गोर्खाली’ नामक फेक आईडी बनाएर महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि उनले ती महिलालाई ‘म यूके लाहुरे हुँ । मेरो श्रीमतीको इटहरीमा सवारी दुर्घटना परी मृत्यु भएको हो । म तिमीलाई माया गर्छु । तिमील

लाहुरे दाइ : भारीले थिचेको त्यो जिन्दगी

लाहुरे दाइ । महाबौद्ध गल्लीले उनलाई दिएको नाम हो, यो । तर, नाम जस्तै रवाफिलो भएन उनको जिन्दगानी । थाप्लोमा आफ्नो ज्यानभन्दा दोब्बर तौलको भारी नबोकी उनको डेढ बित्ताको पेट भरिंदैन । नाथे त्यही पेटले उनलाई यो जुनीमा भरिया बनाइदियो । साँघुरा गल्लीहरूमा जोवन बित्यो । औंला भाँचेर हिसाब गर्दा २६ वर्ष बितेछ । यहाँ […]

अवकाशपछि व्यावसायिक बाख्रापालनमा व्यस्त ‘ब्रिटिश लाहुरे’

लमजुङ – जीवनको लामो समय बेलायती सेनामा बिताउनुभएका दुधपाेखरी, सिम्लेका भक्तबहादुर गुरुङ अहिले गाउँमै बाख्रापालनमा रमाइरहनुभएको छ । भक्तबहादुर गुरुङ बुवा लाहुरे भएकाले पनि होला, सानैदेखि लाहुरे हुने सपना थियो उहाँमा । युवा अवस्था, पाखुरामा तागत, मनभरि जोस–जाँगर । लाहुरे हुने सपना बोकेर १८ वर्षकै उमेरमा सेनामा नापिन जानुभयो भक्तबहादुर । पहिलोपटकमै उहाँ ब्रिटिश सेनामा भर्ती हुन सफल पनि हुनुभयो । त्यसपछिका उहाँका २० वर्ष बेलायती सेनामै कहिले कतै कहिले कतै गएर बिते । २० वर्ष...

‘सुन साहिँली’ पछि गौरभको ‘लाहुरे’ सार्वजनिक (भिडिओ)

काठमाडौं । विदेशिएका नेपालीको कथामा आधारित गीत ‘सुन साहिँली’ निर्माण गरेको टिमले अर्को मर्मस्पर्सी गीत ‘लाहुरे’ सार्वजनिक गरेको छ । नायक गौरभ पहारीको जन्मदिनको अवसर पारेर म्युजिक भिडिओ ‘लाहुरे’ सार्वजनिक भएको हो । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरभ र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ । मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाई ‘लाहुरे’ को भिडिओमा समेटिएको छ । एसियन म्युजिकले निर्माण गरेको भिडिओलाई काश्यप निशानले निर्देशन गरेका हुन् । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडिओलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।