अवकाशपछि व्यावसायिक बाख्रापालनमा व्यस्त ‘ब्रिटिश लाहुरे’

लमजुङ – जीवनको लामो समय बेलायती सेनामा बिताउनुभएका दुधपाेखरी, सिम्लेका भक्तबहादुर गुरुङ अहिले गाउँमै बाख्रापालनमा रमाइरहनुभएको छ । भक्तबहादुर गुरुङ बुवा लाहुरे भएकाले पनि होला, सानैदेखि लाहुरे हुने सपना थियो उहाँमा । युवा अवस्था, पाखुरामा तागत, मनभरि जोस–जाँगर । लाहुरे हुने सपना बोकेर १८ वर्षकै उमेरमा सेनामा नापिन जानुभयो भक्तबहादुर । पहिलोपटकमै उहाँ ब्रिटिश सेनामा भर्ती हुन सफल पनि हुनुभयो । त्यसपछिका उहाँका २० वर्ष बेलायती सेनामै कहिले कतै कहिले कतै गएर बिते । २० वर्ष...