विराटनगर : भोजपुरका १८ वर्षीय विश्व राई सिंगापुर पुलिसको तयारीमा छन्। सुनसरीको इटहरी उपमहानगरपालिकास्थित कस्तुरी एकेडेमीमा बिबिएस प्रथम वर्षमा अध्ययनरत उनलाई लाहुरे बन्ने सपनाले तानेर साँझको समय सुनसरीको धरान बजारको तीनकुनेको सडकसम्म पुर्याउँछ।बाल्यकालमा पढाइका लागि भोजपुरदेखि अरूण तरेर संखुवासभाको सदरमुकाम खाँदबारी पुगेका थिए। त्यही बेलादेखि नै लाहुरे बन्ने सपना देखेका विश्व बताउँछन्। त्यही सपना बोकेर उनी धरानको तीनकुने रोडमा दैडिरहेका छन्। व्यायाम र दौडका लागि उनी दैनिक साँझ ५ बजे घर