अब 'लाहुरे' लागुऔषधविरुद्धकाे अभियानमा

कास्की – युवा माझ लोकप्रिय कलाकार हुन् र्‍यापर लाहुरे अर्थात् आशिष राना । उनलाई कास्की प्रहरीले केही महिना अगाडि लागुऔषध प्रयोग गर्दै गर्दा पक्राउ गर्‍याे । उनी ५६ दिन जेलमा बसेर छुटेका छन् । उनै लाहुरे अब भने लागुऔषधविरुद्धको अभियानमा निस्कने तरखरमा छन् ।   नजिकै आउन लागेको अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसकाे अवसरमा लाहुरे अभियानमा अगाडि बढ्ने भएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यसहित सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गर्ने कार्यक्रममा...