काठमाण्डाै – सरकारले लामो दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातातात व्यवस्था विभागले आज बुधवार सार्वजनिक गरेको सूचनाअनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ ।भाडा बढाउनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गएको आइतवार अर्थात् असार २७ गते नै विभागलाई सहमति दिएको थियो । विभागले हिजो मङ्गलवार २९ गतेदेखि नै नयाँ भाडा दर लागू भएको जनाएको छ ।नयाँ भाडा दर अनुसार सार्वजनिक बसको भाडा २८ प्रतिशतले बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २...