काठमाण्डाै - डिजलको भाउ लिटरमै १० रुपैयाँ घटेपछि सरकारले हिजो बुधवारदेखि लामो दूरीमा चल्ने गाडीको भाडा घटाएको छ । तर छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा भने अझै घटाएको छैन । गाडीवालाले घटेको भाउमा डिजल हालेर गाडी चलाउन थाले पनि यात्रु भने डिजल महँगो हुँदा कायम भएको महँगो भाडा तिर्न बाध्य छन् ।
डेढ महिनामा डिजलको मूल्य लिटरमै २० रुपैयाँले घटेको छ । घटेको मूल्य अनुसार डिजलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ । डिजलको घटेको मूल्य अनुसार छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा पनि घट्न...