सर्लाही। सर्लाहीको बरथवा नगरपालिकामा एक समूहले निषेधाज्ञा कडाइमा समर्थन जनाउँदै प्रजिअलाई ज्ञापनपत्र बुझाएको छ। निषेधाज्ञाको सुरुवातमा कडाई गरेपनि पछिल्लो समय केही व्यक्तिले प्रहरीलाई असहयोग गरेपछि निषेधाज्ञामा बजारमा चहलपहल बढेको र यसले कोरोना संक्रमण बढाएको भन्दै कडाईको लागि माग गरेका हुन्। स्थानीय नेपाल युवा विकास समाजका अध्यक्ष राम प्रमोद रायले भने,‘हाम्रो प्रहरीलाई सहयोग हुन्छ। आपराधिक मानसिकता भएकाले प्रहरीलाई लान्छना लगाएका हुन्।’