सर्लाही । सर्लाहीमा थप १० दिनसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।कोरोना संक्रमणको दर निरन्तर बढ्दै गइरहेकाले निषेधाज्ञाको समयअवधि थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक