प्रदर्शन चर्किएपछि सर्लाहीमा भोलिसम्म निषेधाज्ञा

काठमाडौं : सवारी दुर्घटनाको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै आज दिउँसो ३ बजेदेखि भोलि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।निषेधित क्षेत्रमा हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका-८ रामपुर टोलसम्म निषेधाज्ञा लागू हुनेछ।त्यसैगरी इप्रका

सम्बन्धित सामग्री

सर्लाहीमा आज पनि निषेधाज्ञा

सर्लाही । प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका व्यवसायी रामकुमार महत्तोको परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ दिने लगायतका ६ बुँदे सहमति भए पनि आज पुनः वयलवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सहमति भए पनि पुनः प्रदर्शन हुने सम्भावना भएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले आज बेलुकी ७ बजेसम्म निषेधाज्ञा […]

सिरहापछि सर्लाहीमा पनि निषेधाज्ञा जारी

जनकपुरधाम । प्रहरीको भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेपछि सर्लाहीमा पनि निषेधाज्ञा जारी गरिएको छ ।  स्थानीयकाअनुसार प्रहरीको भ्यानले गत आइतबार राति ईश्वरपुर नगरपालिका-५ का रामकुमार महतोलाई ठक्कर दिएपछि उनको मृत्यु भएको थियो । सोही घटनाकोविरुद्धमा ईश्वरपुर बयलवासका स्थानीयले प्रर्दशन गरेका छन् । दुई दिनदेखि बजार बन्द गराएर उनीहरूले प्रर्दशन गरिरहेका थिए...