सर्लाही – सर्लाहीमा एक हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे छ । भाेलि (शनिवार) राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) काे उपदफा (३) र सङ्क्रामक रोग ऐन निवारण ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा जारी गरिएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो ।
सदरमुकाम मलङ्गवामा आज (शुक्रवार) बसेको जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीकाे बैठकले भाेलिदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेक...