सवारी दुर्घटनाको विषयलाई लिएर सर्लाहीमा तनाव बढेसँगै निषेधाज्ञा जारी गरिएको छ । मंगलवार दिउँसो ३ बजेदेखि बुधवार बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार इलाका प्रहरी कार्यालय केशरगञ्ज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका–४, सागरनाथ टोलसम्म र पश्चिममा ईश्वपुर–८ रामपुर टोलसम्म निषेध आदेश जारी गरिएको छ ।
त्यस्तै इप्रका केशरगञ्जबाट उत्तर ईश्वरपुर–५, सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको प्रशासन...