सर्लाही – सर्लाहीकाे ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएकाे निषेधाज्ञा थप गरिएकाे छ । प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढेपछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो ।
गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहीवार बेलुकी साढे ७ बजेदेखि लागू हुने गरी भाेलि शुक्रवार ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरेकाे हाे । यसअघि थप गरिएकाे नि...