लाभांश पारितका लागि जनउत्थान सामुदायिक लघुवित्तले बोलायो चैत २६ मा साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा चैत २६ गते गर्ने भएको छ । सभा न्यू ईरा बुटवल उपमहानगरपालिका  कालिकापथ, रुपन्देहीमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिइएको छ । सभामा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश प्रस्तावउपर छलफल हुनेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

जनउत्थान सामुदायिक लघुवित्तले चैत ३० गते बोलायो साधारण सभा ,छैन लाभांश प्रस्ताव

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३० गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । चैत ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल न्यू ईरा, बुटवल उप–महानगरपालिका वडा नम्बर ९ , कालिकापथ, रुपन्देहीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष लाभांश प्रस्ताव भने कम्पनीले गरेको छैन् । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गरेको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष भने कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यी प्रस्तावहरूसँगै संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

जनउत्थान सामुदायिक लघुवित्तले वितरण गर्‍यो १५ प्रतिशत बोनस शेयर

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले चैत २६ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि असार १७ गतेदेखि वितरण गर्न थालिएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १० गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको हो । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट रू. १४ करोड ७९ लाख ६ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीवार जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीकोे १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजपश्चात् कम्पनीको शेयर मूल्य रू.९४७ दशमलव ८३ कायम भएको छ ।  नेप्सेले बिहीवारको कारोबारको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ९० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर आइतवार देखि  दोस्रो बजारमा कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १० गते बुक क्लोज गरेसँगै आज चैत ९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २६ गते साधारण सभा बोलाएको छ । सभा न्यू ईरा बुटवल उपमहानगरपालिका-९ कालिकापथ रुपन्देहीमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

जनउत्थान सामुदायिक लघुवित्तको वार्षिक साधारण सभा चैत २६ मा, बुक क्लोज कहिले ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा चैत २६ गते गर्ने भएको छ । सभा न्यू ईरा बुटवल उपमहानगरपालिका–९ कालिकापथ, रुपन्देहीमा बिहान ११ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै प्रस्तावित १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ ।  त्यस्तै सभामा यस कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरू गाभ्ने÷गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्ने अख्यितारी सञ्चालक समितीलाई प्रदान गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

लाभांश पारित गर्न जनउत्थान सामुदायिक लघुवित्तले बोलायो पुस ३० गते साधारण सभा

पुस ९, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले पुस ३० गते साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा होटल न्यू ईरा बुटवल उप महानगरपालिका  वडा नम्बर ९ कालिकापथमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले यस लघुवित्त वित्तीय संस्था र अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एकापसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका पुस २१ गते बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

जनउत्थान सामुदायिक लघुवित्तले सम्पन्न गर्‍यो १० औं वार्षिक साधारण सभा

वैशाख ३१, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १० औं वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका- ९ मा रहेको कालिकापथस्थित होटल न्यू ईरामा भर्चुअल माध्यमबाट गरिएको  सभामा कम्पनीका पूर्व अध्यक्ष यम बहादुर बिके, पूर्व सञ्चालक डा मेग बहादुर विश्वकर्मा, संस्थापक शंकर प्रसाद पौडेल, हरी काफ्ले, यज्ञ विक्रम शाही, भिम कुँवर, नर बहादुर विश्वकर्मा  लगायतले मन्तब्य राखेका थिए । सभाले  सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनसहित आव २०७६/ ०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचिहरु पारित गरेको छ । सभाले चुक्तापूँजी ७ करोड ९२ लाखको २ दशमलव ६० प्रतिशतले हुन आउने रकम २० लाख ५९ हजार २०० रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने, चुक्तापूँजीको ४९ दशमलव ४० प्रतिशत बराबरको बोनस शेयर जारी गर्ने र कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाको  अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले  गरेका थिए । कम्पनीले १९ ओटा जिल्लामा ३९ ओटा शाखा कार्यालयहरु मार्फत करीब ४५ हजार समुह सदस्यहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।

जनउत्थान लघुवित्तको आजसम्म कायम शेयरधनीले मात्र ४९ प्रतिशत लाभांश पाउने

काठमाडौं, २२ बैशाख । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थामा आजसम्म कायम भएका शेयरधनीहरुले मात्र लाभांश पाउने भएका छन् । संस्थाले साधारण सभा र लाभांश वितरणको लागि बैशाख २३ (भोली) देखि बुकक्लोज गर्ने भएको छ । आजसम्म कायम भएका शेयरधनीहरुले मात्र संस्थाको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको बैशाख ३० गते हुने सभाले गत वर्षको […]