जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १० गते बुक क्लोज गरेसँगै आज चैत ९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २६ गते साधारण सभा बोलाएको छ । सभा न्यू ईरा बुटवल उपमहानगरपालिका-९ कालिकापथ रुपन्देहीमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

२ लघुवित्त र २ फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस २० गते मंगलबार ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेका जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  आज पुस २० गते सम्म कायम शेयरधनीले यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लाभांश लगानीकर्तामा बितरण हुने छ । जनउत्थान सामुदायिक लघुवित्तले आर्थिक बर्ष २०७७-०७८ बाट सेयरधनीहरुलाई २६.३१५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.३१५७ प्रतिशत नगद लाभांश रहेको छ।  हाल लघुवित्तको चुक्तापुंजी ११ करोड ८३ लाख २४ हजार ८०० रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी १४ करोड ७७ लाख पुग्नेछ।  कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।कालिका लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १३ प्रतिशतले हुन् आउने ३ करोड ५९ लाख ९४ हजार ५ सय १६ रुपैयाँ ३५ पैसा बराबरको बोनस शेयर  वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुंजी २७ करोड ६८ लाख ८० हजार ८ सय ९५ रुपैयाँ रहेको छ । कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।पोखरा फाइनान्सले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८.०७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.४२५  प्रतिशत नगद लाभांश गरि कुल ८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।मल्टीपर्पस फाइनान्सले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १३ प्रतिशतले हुन आउने ५ करोड २० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.५२६  प्रतिशत हुन आउने  नगद लाभांश गरि कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।

जनउत्थान सामुदायिकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वैशाख २२, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (बुधवार) रहेको छ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख २३ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४९ दशमलव ४० प्रतिशत बोनस शेयर र २ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारितका लागि कम्पनीले वैशाख ३० गते साधारण सभा बोलाएको हो । सभा होटल न्यू ईरा बुटवलमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको छ ।