काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले चैत २६ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपछि असार १७ गतेदेखि वितरण गर्न थालिएको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १० गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको हो । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट रू. १४ करोड ७९ लाख ६ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला