पुस ९, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले पुस ३० गते साधारण सभा गर्ने भएको छ ।
कम्पनीले सभा होटल न्यू ईरा बुटवल उप महानगरपालिका वडा नम्बर ९ कालिकापथमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले यस लघुवित्त वित्तीय संस्था र अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एकापसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका पुस २१ गते बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।