काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा चैत २६ गते गर्ने भएको छ ।
सभा न्यू ईरा बुटवल उपमहानगरपालिका–९ कालिकापथ, रुपन्देहीमा बिहान ११ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै प्रस्तावित १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ ।
त्यस्तै सभामा यस कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरू गाभ्ने÷गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्ने अख्यितारी सञ्चालक समितीलाई प्रदान गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।