काठमाडौं : हुन्डी कारोबार गर्ने एकजनाविरुद्ध ८ करोड २३ लाख बिगो दाबी गर्दै राजस्व अनुसन्धान विभागले मुद्दा हालेको छ।विभागले सोमबार जिल्ला अदालत काठमाडौंमा पर्वतको कुश्मा-१ घर भइ काठमाडौं सामाखुसी बस्ने गणेश पौडेलविरुद्ध विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता गरेको हो।उनले इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरी कानूनी व्यवस्था उल्लंघन गरेको भन्दै विभागले ८ करोड २३ लाख २६ हजार ८०६ रूपैयाँ बिगो कायम गरी सजाय माग दाबी गरेको छ। पौडेललाई विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रक