नागढुंगामा भेटिएको डेढ करोडमा थपियो ४९ लाख, पक्राउ परेका थप २ जना हुण्डी र सुन कारोवारी !

पुस २० गते महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ बरामद गरेको थियो । त्यसक्रममा २ जना पक्राउ परेका थिए । प्रहरीले सोही घटनामा संलग्न भएको अभियोगमा अन्य २ जनालाई कपिलवस्तुबाट पक्राउ गरेको छ ।  केही दिनअगाडि कपिलवस्तुका सचिन अग्रवाल र पाटन सुनचाँदी पसलमा काम गर्ने निरुद्धिन अन्सारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । ‘१ करोड ४७ लाख रुपैयाँ फलोअप गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्,’ एसएसपी सिंह...