एक करोड ५० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

नेपाल प्रहरीले रु एक करोड ५० लाख नगदसहित काठमाडौँ महानगरपालिका–१३ ताहचलबाट दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले हुण्डी कारोबारमा संलग्न ताहचल, टङ्केश्वरीका २४ वर्षीय बिक्की खड्की र भारत पश्चिम बङ्गालका ३२ वर्षीय अमितकुमार अग्रवाललाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ताहचलमा डेरा गरी बस्ने अग्रवालले काठमाडौँको …