अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ। गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ। गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडीलगायतको मूल्य अत्यधिक बढेको छ।तेलको मूल्य अकासिएको छ। घिउ र तेलमा मात्रै २६.३४ प्रतिशतले मूल्यवृद्धि भएको छ। तरकारीको भाउ १३.९६ प्रतिशतले बढेको छ। दुग्धज