मनसुनपछिको वर्षाले महँगी बढाउने

मनसुनपछिको वर्षाका कारण सडक, पुलपुलेसा तथा कृषिमा पारेको असरले चालू आर्थिक वर्षमा महँगी बढ्ने अर्थविद्हरूको भनाइ छ ।कात्तिक महिनाको पहिलो साता परेको अविरल वर्षाले सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा मात्र नभई धान खेती डुबाउँदा खाद्य संकट निम्तिने खतरा तथा आयात उच्च हुने कारण तत्काल र दीर्घकालीन रूपमा नै वस्तु तथा सेवाको मूल्यवृद्धि भई सरकारले राखेको […]

सम्बन्धित सामग्री

अर्थतन्त्र अप्ठ्यारोमा : एडीबी

काठमाडौं । नेपाली अर्थतन्त्र अप्ठ्यारो स्थितिमा पुगेको एशियाली विकास बैंक (एडीबी) ले ठहर गरेको छ । विश्वमा देखिएको उतारचढाव र राज्यले समयमै सही नीति अवलम्बन नगर्दा अर्थतन्त्र समस्याग्रस्त बन्दै गएको र भविष्य अझ चुनौतीपूर्ण रहेको एडीबीले बुधवार सार्वजनिक गरेको एशियन डेभलपमेन्ट आउटलुक–२०२२ मा उल्लेख छ । युक्रेन–रूस तनावबाट उत्पन्न विश्वव्यापी आर्थिक मन्दी, अवरुद्ध व्यापार प्रवाह, कच्चा तेल र अन्य वस्तुको मूल्यका कारण मुद्रास्फीतिमा चाप पर्ने (महँगी बढ्ने) एडीबीले उल्लेख गरेको छ । उसले अहिले नै चुनौतीका रूपमा देखापरेको भुक्तानी सन्तुलन र विदेशी मुद्रा सञ्चितिमा थप चाप पर्ने चेतावनी पनि दिएको छ । ‘रुस–युक्रेन तनावका कारण विकसित अर्थतन्त्रको मन्द विस्तार, अवरुद्ध व्यापार प्रवाह र तेल तथा अन्य वस्तुको बढ्दो मूल्यले नेपालको भुक्तान सन्तुलन र विदेशी विनिमय सञ्चितिमा थप चाप पर्न सक्छ,’ नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड काउचोइसले भनेका छन् । सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत थियो । २०२२ मा ३ दशमलव ९ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । सरकारले चालू आर्थिक वर्ष (आव) को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ७ प्रतिशत हुने अपेक्षा गरेको थियो । एडीबीले बढ्दो व्यापारघाटालाई नेपाली अर्थतन्त्रको दीर्घकालीन चुनौतीका रूपमा लिएको छ । एडीबीको रिपोर्टमा बढ्दो आयात तर न्यून निर्यातले संरचनागत समस्या ल्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ । नेपालको अन्तरराष्ट्रिय व्यापारघाटा चुलिँदै गएको तर त्यस्तो घाटा पूर्ति गर्ने स्रोतको विस्तार सोही अनुपातमा नहुँदा समस्या बढ्दै जाने देखिएको आउटलुकमा उल्लेख छ । एडीबीका अनुसार यो समस्या समाधानका लागि सरकारले व्यापार नीति तथा विभिन्न कानूनमार्फत लागत न्यूनीकरण तथा प्रतिस्पर्धा बढाउन खोजे पनि त्यसको प्रभाव देखिएको छैन । विभिन्न बहु तथा द्विपक्षीय पहलबाट निर्यात बढाउन खोजिए पनि परिणाम अझै नदेखिएको एडीबीको ठहर छ । ‘नेपालको उत्पादन राम्रो भए पनि त्यसका लागि आवश्यक पूँजी, प्रविधि र शीप नहुँदा निर्यात हुन सकेको छैन । सामान्य प्रयोगशालासमेत नहुँदा नेपाली उत्पादनले विश्व बजारमा प्रवेश पाएका छैनन्,’ आउटलुकमा भनिएको छ । ठूलो लगानी र प्रविधि अभावले लाभ लिन नसकेको मात्र नभई नेपालले कतिपय धनी देशले दिएका सहुलियत पनि व्यापारमा उपयोग गर्न नसकेको एडीबीले औंल्याएको छ । २०७२ सालको भूकम्पपछि अमेरिकाले नेपालको कार्पेट, पश्मिनाजस्ता वस्तुलाई सहुलियत पहुँच दिने निर्णय गरेको थियो । तर, अमेरिकी बजारमा प्रवेशका लागि पूरा गर्नुपर्ने गुणस्तरको अनिवार्य मापदण्डमा पुर्‍याउन नसक्दा नेपाली उत्पादनले उक्त लाभ अझै लिन नसकेको आउटलुकमा भनिएको छ । सूचनाप्रविधि र पर्यटन क्षेत्रमा नेपालले उल्लेखनीय काम गरेर लाभ लिनसक्ने भए पनि त्यस्तो नदेखिएको एडीबीको ठहर छ । नीतिनियम निर्माण भए पनि त्यसको कार्यान्वयन र निरन्तरता नहुँदा परिणाम नआएको हो । अनुकूल वर्षाले धान उत्पादन राम्रो हुने अपेक्षा थियो । तर, कात्तिक अन्तिम र मङ्सिरको शुरूमा बैमासमी वर्षा र बाढीले बालीमा क्षति पुर्‍यायो । यसले धानको उत्पादन ९ प्रतिशतले घटाएको एडीबीले उल्लेख गरेको छ । उपभोक्ता र लगानी मागका आधारमा यो वर्ष उद्योगको वृद्धि भने ४ दशमलव १ प्रतिशत रहने अनुमान छ । थोक र खुद्रा व्यापार, यातायात र वित्तीय सेवा सामान्य अवस्थामा रहेका कारण ५ दशमलव २ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०२१ मा पर्यटनमा परेको नकारात्मक प्रभावमा समेत यस वर्षबाट सुधार हुँदै जाने अपेक्षा एडीबीको छ । महामारीविरुद्ध खोप अभियान जारी रहनु र आर्थिक गतिविधि क्रमशः सामान्य बन्दै जानुलाई एडीबीले सकारात्मक मानेको छ ।