काठमाडौं : गत वर्षको तुलनामा यस वर्ष महँगी दोब्बरले बढेको छ। यस वर्ष असोज महिनाको महँगी साढे ८ प्रतिशत रहेको छ भने अघिल्लो वर्षको असोज महिनाको मूल्यवृद्धि ४ दशमलव २४ प्रतिशत रहेको थियो।चालू आवको ३ महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ८ दशमलव ०५ र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८ दशमलव ८५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।फलफूलको मूल्यवृद्धि १२ दशमलव ०६ प्रतिशत, मदिराजन्य पिउने पदार्थको १० दशमलव २४, दुग्ध पदार्थ तथा अण्डाको ९ दशमलव ४५ र सूर्तीजन्य पदार्थको ८ दशमलव ४४ प्र