नेपाली काँग्रेसका सांसद गगन थापाले प्रतिपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सचेत गराएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको अभिव्यक्तिमा दम्भ, आक्रोश र कुण्ठा भए पनि प्रश्न प्रश्न नै भएको भन्दै एक–एक उत्तर दिन सरकारलाई आग्रह गर्नुभएको हो । साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा दिएको अभिव्यक्ति तथा प्रश्नहरूमा आत्माश्लाघा, अहङ्कार, क्रोध, ईष्या, रिस र कुण्ठा भए पनि प्र