काठमाडौंको दक्षिणकाली नगरपालिकामा पाँच दलीय गठबन्धनबीच सहमति भएको छ । बिहीबार बसेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बैठकले नगरपालिकामा गठबन्धन गरेर जाने सहमति भएको छ ।सहमति अनुसार नगरपालिकाको मेयर र उपमेयर काँग्रेसले पाउने भएको छ । माओवादी केन्द्रलाई तीन वटा वडा अध्यक्ष दिएको छ भने अन्य वडा काँग्रेसले पाएको छ । सो नगरपालिकामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई कुनै पद दिइएको छैन ।