नेपाल बार एशोसिएशनले भन्यो-“संसद् विघटन असंवैधानिक, यो निर्णय अविलम्ब खारेज होस (विज्ञप्तीसहित)

काठमाडौं, १२ जेठ । नेपाल बार एशोसिएसनले संसद् विघटन गर्ने कदमलाई असंवैधानिक भनेको छ । आज अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र महासचिव अधिवक्ता लिलामणि पौडेलले संयुक्त हस्ताक्षरसहित विज्ञप्ती निकालेर बारले यस्तो भनेको हो । विज्ञप्तीमा भनिएको छ-‘नेपालको संविधानले निर्देशित गरेका प्रक्रिया अवलम्बन गरी संवैधानिक संकटको समाधान तथा निकास दिनु पर्नेमा सो प्रक्रिया पूरा नगरी […]

सम्बन्धित सामग्री

नेपाल बार एशोसिएशन चितवनको अध्यक्षमा कँडेल

चितवन । कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशन चितवनको अध्यक्षमा खगराज कँडेल निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार गजेन्द्र वस्तीभन्दा बढी मत प्राप्त गर्दै संयुक्त प्यानलका कँडेल अध्यक्षमा चयन भएका हुन् । कँडेलले १२० मत प्राप्त गर्दा वस्तीले ५५ मत मात्र पाए । ५ मत बदर भएको थियो । कुल २०३ मतदाता रहेकोमा १८० मत खसेको थियो । एशोसिएशनको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा संयुक्त प्यानलकै उमेदवारहरू निर्वाचित भएका छन् । उपाध्यक्षमा खगेश्वर अधिकारी, सचिवमा श्रीराम दवाडी र कोषाध्यक्षमा रमेश काफ्ले निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको चुनावी प्रतिस्पर्धामा प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीएलए) र प्रजातान्त्रिक कानून व्यवसायी संघ (डीएलए)बीच एकता भएको थियो । डीएलए र पीएलको साझा उमेदवारका लागि अध्यक्ष पदमा कँडेल प्रतिस्पर्धामा थिए । स्वतन्त्र समूहबाट गजेन्द्र वस्तीले अध्यक्षमा उम्मेदवारी दिएका थिए । स्वतन्त्र समूहका तर्फबाट उपाध्यक्षमा बद्री गौतम, सचिवमा जनकराम पौडेल र कोषाध्यक्षमा धर्मेन्द्र थापाको उम्मेदवारी थियो ।

अख्तियारमाथि खनियो नेपाल बार, आफू अनुकुलको फैसला गर्न दवाव दिन खोजेको आरोप

नेपाल बार एसोसिएसनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू अनुकुलको फैसला गर्न दवाव दिने उद्देश्यले अदालतलाई आरोप लगाएको ठहर गरेको छ । नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारिहरुको बिहीबार बसेको बैठकले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य अख्तियारबाट भएको निष्कर्ष निकालेको हो । ‘यही मिति २०७९।७।२२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतबाट, खासगरी विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा (अदालतबाट मुद्दाको फैसला भएको विषयमा) गरेको सार्व

नेपाल बार र सर्वोच्च बारले बुझाए राणाविरुद्धका प्रमाण

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोगको आरोप पुष्टि हुने आधारसहित नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले उपलब्ध प्रमाणहरु महाभियोग सिफारिस समितिमा बुझाएका छन् । आइतबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य नेतृत्वको टोलीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध लगाइको महाभियोग सिफारिस समितिले […]

नेपाल बार र सर्वोच्च अदालत बारले पेश गरे प्रमाण

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग आरोप पुष्टि हुने आधारसहित नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले उपलब्ध प्रमाणहरू महाअभियोग सिफारिश समितिमा आज बुझाएका छन्। सिंहदरबारस्थित संसद सचिवालयमा आइतबार दिउँसो पुगेर नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य नेतृत्वको टोलीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएको महाअभियोग सिफारिश समितिले प्रमाण पेश गर्न दिएको समयभित्र

नेपाल बार अब संघीय संरचनामाः प्रदेश उपाध्यक्ष समन्वय समिति संयोजक

काठमाडौँः नेपाल बार एशोसिएशन अब संघीय संरचनामा जाने भएको छ। बार केन्द्रीय कार्यसमिति बैठकले संघीय संरचनामा जाने सैद्धान्तिक सहमति गरेको हो। निर्वाचनका दौरान उक्त एजेण्डा मातहतका बार इकाइहरुले उठाएका थिए।  बार उपाध्यक्ष सुधीर कर्णले संघीय संरचनामा जाने सैद्धान्तिक सहमति गरेको बताए। हाललाई अस्थायी संरचनाका रुपमा प्रदेश बार इकाइ समन्वय समिति गठनको…

नेपाल बार र प्रधानमन्त्री देउवा बीच छलफल

नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार […]

प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा नेपाल बार नजाने

काठमाडौं, २९ कार्तिक । नेपाल बार एशोसिएशन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको वार्तामा सहभागी नहुने भएको छ । आज विहानमात्रै प्रधानन्यायाधीश जबराले वार्ता तथा सम्वादमा आउनको लागि नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारलाई आह्वान गरेका थिए । तर, प्रधानन्यायाधीश जबराको राजीनामा मागेर अदालत परिसरमा धर्नामा बसेका कानून व्यवसायीहरुले भने कुनैपनि हालतमा वार्तामा सहभागी नहुने […]

प्रधानन्यायाधीशको राजीनामाबारे कुनै छलफल भएको छैन : नेपाल बार एशोसिएशन

काठमाण्डाै – नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । नेपाल बार एशोसिएzनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाउनुभएको हो । काठमाण्डौमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले पूर्व न्यायाधीश फोरमले मागेको राजीनामाबारे प्रधा...