चितवन । कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशन चितवनको अध्यक्षमा खगराज कँडेल निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार गजेन्द्र वस्तीभन्दा बढी मत प्राप्त गर्दै संयुक्त प्यानलका कँडेल अध्यक्षमा चयन भएका हुन् । कँडेलले १२० मत प्राप्त गर्दा वस्तीले ५५ मत मात्र पाए । ५ मत बदर भएको थियो । कुल २०३ मतदाता रहेकोमा १८० मत खसेको थियो ।
एशोसिएशनको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा संयुक्त प्यानलकै उमेदवारहरू निर्वाचित भएका छन् । उपाध्यक्षमा खगेश्वर अधिकारी, सचिवमा श्रीराम दवाडी र कोषाध्यक्षमा रमेश काफ्ले निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वका लागि भएको चुनावी प्रतिस्पर्धामा प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीएलए) र प्रजातान्त्रिक कानून व्यवसायी संघ (डीएलए)बीच एकता भएको थियो ।
डीएलए र पीएलको साझा उमेदवारका लागि अध्यक्ष पदमा कँडेल प्रतिस्पर्धामा थिए । स्वतन्त्र समूहबाट गजेन्द्र वस्तीले अध्यक्षमा उम्मेदवारी दिएका थिए । स्वतन्त्र समूहका तर्फबाट उपाध्यक्षमा बद्री गौतम, सचिवमा जनकराम पौडेल र कोषाध्यक्षमा धर्मेन्द्र थापाको उम्मेदवारी थियो ।