नेपाल बार एसोसिएसनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू अनुकुलको फैसला गर्न दवाव दिने उद्देश्यले अदालतलाई आरोप लगाएको ठहर गरेको छ । नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारिहरुको बिहीबार बसेको बैठकले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य अख्तियारबाट भएको निष्कर्ष निकालेको हो । ‘यही मिति २०७९।७।२२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतबाट, खासगरी विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा (अदालतबाट मुद्दाको फैसला भएको विषयमा) गरेको सार्व