प्रधानन्यायाधीशको राजीनामाबारे कुनै छलफल भएको छैन : नेपाल बार एशोसिएशन

काठमाण्डाै – नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । नेपाल बार एशोसिएzनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाउनुभएको हो । काठमाण्डौमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले पूर्व न्यायाधीश फोरमले मागेको राजीनामाबारे प्रधा...

सम्बन्धित सामग्री

नेपाल बार एशोसिएशन चितवनको अध्यक्षमा कँडेल

चितवन । कानून व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशन चितवनको अध्यक्षमा खगराज कँडेल निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार गजेन्द्र वस्तीभन्दा बढी मत प्राप्त गर्दै संयुक्त प्यानलका कँडेल अध्यक्षमा चयन भएका हुन् । कँडेलले १२० मत प्राप्त गर्दा वस्तीले ५५ मत मात्र पाए । ५ मत बदर भएको थियो । कुल २०३ मतदाता रहेकोमा १८० मत खसेको थियो । एशोसिएशनको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा संयुक्त प्यानलकै उमेदवारहरू निर्वाचित भएका छन् । उपाध्यक्षमा खगेश्वर अधिकारी, सचिवमा श्रीराम दवाडी र कोषाध्यक्षमा रमेश काफ्ले निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको चुनावी प्रतिस्पर्धामा प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीएलए) र प्रजातान्त्रिक कानून व्यवसायी संघ (डीएलए)बीच एकता भएको थियो । डीएलए र पीएलको साझा उमेदवारका लागि अध्यक्ष पदमा कँडेल प्रतिस्पर्धामा थिए । स्वतन्त्र समूहबाट गजेन्द्र वस्तीले अध्यक्षमा उम्मेदवारी दिएका थिए । स्वतन्त्र समूहका तर्फबाट उपाध्यक्षमा बद्री गौतम, सचिवमा जनकराम पौडेल र कोषाध्यक्षमा धर्मेन्द्र थापाको उम्मेदवारी थियो ।

जबराविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ : बार

काठमाडौं, फागुन १ । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने बताएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले सपथ नलिएसम्म आफूहरुको आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने बताउनुभएको हो […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीको प्रदर्शन

२८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले प्रदर्शन गरेका छन् । बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका […]

बारको विरोध प्रदर्शन अझै जारी

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा नेपाल बार नजाने

काठमाडौं, २९ कार्तिक । नेपाल बार एशोसिएशन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको वार्तामा सहभागी नहुने भएको छ । आज विहानमात्रै प्रधानन्यायाधीश जबराले वार्ता तथा सम्वादमा आउनको लागि नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारलाई आह्वान गरेका थिए । तर, प्रधानन्यायाधीश जबराको राजीनामा मागेर अदालत परिसरमा धर्नामा बसेका कानून व्यवसायीहरुले भने कुनैपनि हालतमा वार्तामा सहभागी नहुने […]

प्रधानन्यायाधीशको राजीनामा माग्दै जनकपुरमा कानुन व्यवसायीको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धनुषाका कानुन व्यवसायीले धनुषा जिल्ला अदालतको मुल ढोकामा धर्ना दिएका छन् । नेपाल बार  एशोसिएशन जनकपुरले पूर्व निर्धारित कार्यक्रम अनुसार आइतबार बिहान ११ः३० देखि एक घन्टासम्म धनुषा जिल्ला अदालतको मुल ढोकामा धर्ना कार्यक्रम आयोजना गरेको हो ।नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष किशोरी साहले न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने बताए । बार एशोसिएशन केन्द्रीय समितिको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै आफूहरुले धर्ना