काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग आरोप पुष्टि हुने आधारसहित नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले उपलब्ध प्रमाणहरू महाअभियोग सिफारिश समितिमा आज बुझाएका छन्। सिंहदरबारस्थित संसद सचिवालयमा आइतबार दिउँसो पुगेर नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य नेतृत्वको टोलीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएको महाअभियोग सिफारिश समितिले प्रमाण पेश गर्न दिएको समयभित्र