मेरो माइक्रोफाइनान्सको साधारण सभा शुक्रवार, २० प्रतिशत लाभांश प्रस्ताव पारित हुँदै

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ६ गते शुक्रवार दशौं वार्षिक साधारण सभा बोलाएको छ ।  क्राउन होटल हारती, नुवाकोटमा बिहान ११ः३० बजे सभा शुुरू हुनेछ । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।  कम्पनीले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिन बुक क्लोज गरेको छ ।  यसको आधारमा पुुस २१ गतेसम्म कायम शेयरधनीमात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य छन् । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष बोनस शेयरमा जोड दिएको कम्पनीले यस वर्ष नगद लाभांशमा जोड दिएको छ ।

सम्बन्धित सामग्री

युनिक नेपाल लघुवित्तले पुस २४ गते बोलायो साधारण सभा

काठमाडौं । युनिक नेपाल लघवित्त वित्तीय संस्था लिमिटेडले पुस २४ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कोहलपुर , बाँकेमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्याउनेछ । गत भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । लाभांश सम्बन्धी प्रस्ताव साधारण सभाको सूचनामा भने समावेश छैन् । भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

९ कम्पनीले गरे लाभांश घोषणा, अधिकांशको बोनस शेयरमा जोड

काठमाडौं । आइतवारसम्म म्युचुअल फन्डबाहेक ९ कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका हुन् । तीमध्ये अधिकांशले नगद लाभांशभन्दा बोनस शेयरमा जोड दिएका छन् । ती कम्पनीको कुल बोनस शेयर ९९ दशमलव ९ प्रतिशत छ भने नगद लाभांश ३० दशमलव ४८ प्रतिशत छ । लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सिटिजन्स बैंक र ओरियन्टल होटल्सले नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेका छन् भने बाँकी  ७ कम्पनीले बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  बोनस शेयरले कम्पनीको चुक्ता पूँजी बढाउने, नेटवर्थ तथा सञ्चिति घटाउने र शेयरधनीको कित्तामा परिमाणात्मक वृद्धि दिनेबाहेक गुणात्मकरूपमा केही नदिने विज्ञहरू बताउँछन् । बोनस शेयर जारी हुने सूचना प्रकाशित भएको केही दिन शेयरको मूल्य अस्वाभाविक बढ्ने, पूँजीको कारण आम्दानी सोही अनुपातमा कायम राख्न सञ्चालन र स्रोत परिचालन खर्च बढ्नेबाहेक गुणात्मकरूपमा प्रतिफल केही नपाइने उनीहरूको भनाइ छ ।   चार वर्षदेखि शेयर बजारमा लगानी गर्दै आएका दीपक सिंह धामी लगानीकर्ताका लागि बोनस शेयरभन्दा नगद लाभांश नै उचित रहेको बताउँछन् । कम्पनीले बोनस शेयर दिएपछि समायोजन हुँदा शेयरको मूल्य घट्ने भएकाले लगानीकर्ताका लागि नगद लाभांश लिनु नै ठिक भएको उनको भनाइ छ ।  लगानीकर्ताहरू बोनस शेयरभन्दा नगद लाभांश नै लिन चाहने भए पनि कम्पनीहरूले भने बोनस शेयरमै जोड दिएको पाइन्छ । जानकारहरू यसको कारण खुलाउँछन्- विभिन्न समयमा नियामक निकायले कम्पनीहरूको चुक्ता पूँजी बढाउन निर्देशन दिने गर्छन् । त्यसपछि कम्पनीहरू बोनस शेयरलगायतबाट पूँजी बढाउने गरेको पाइएको छ । त्यही कारण कम्पनीहरूले नगद लाभांशको सट्टा बोनस शेयरमा जोड दिएका हुन् ।   विदेशी मुलुकमा भने सूचीकृत कम्पनीहरूले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिने गरेका छन् । विदेशमा कम्पनीको चुक्ता पूँजीभन्दा जगेडा धेरै गुणा बढी हुने गर्छ । नेपालमा वर्षैपिच्छे सूचीकृत कम्पनीले बोनस शेयर वितरण गर्दा लाभांश क्षमता बढेको देखिन्छ । कम्पनीहरूले कहिले पारित गर्दैछन् लाभा‌ंश ? यो वर्ष लाभांश घोषणा गरिसकेका कम्पनीहरूमध्ये माछापुच्छ्रे बैंकले प्रस्तावित लाभांशलाई साधारण सभाबाट पारित गरिसकेको छ । असोज १८ गते सम्पन्न वार्षिक साधारण सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यस्तै, ओरियण्टल होटल्स, सिटीजन्स बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र सानिमा माई हाइड्रोपावरले पनि लाभांश पारितको लागि साधारण सभा बोलाइसकेका छन् ।  ओरियण्टल होटल्सले प्रस्तावित लाभांश पारितका लागि असोज २५ गते साधारण सभा बोलाएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशलमव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्तावित ५ दशलमव ७९ प्रतिशत लाभांश पारितका लागि असोज २६ गते साधारण सभा बोलाएको छ ।  हालसम्म लाभांश प्रस्ताव गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकले ३० दशलमव ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीले प्रस्तावित लाभांश पारितका लागि यही असोज २८ गते साधारण सभा बोलाएको हो । एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नका लागि यही असोज ३० गते साधारण सभा बोलाएको छ । सानिमा बैंकले प्रस्तावित ९ प्रतिशत बोनस शेयर र करसहित ५ दशलमव ७ प्रतिशत नगद लाभांश पारितका लागि कात्तिक २ गते साधारण सभा बोलाएको छ । त्यस्तै सानिमा माई हाइड्रोपावरले प्र्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारितका लागि आगामी कात्तिक २३ गते साधारण सभा बोलाएको छ ।  बाँकी २ कम्पनी युनिक नेपाल लघुवित्त र आरएसडिसी लघुवित्त वित्तीय संस्थाले भने साधारण सभाको मिति तय गरेका छैनन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले कुल लाभांशमध्ये बोनस शेयर र नगद लाभांश कति भन्ने उल्लेख गरेको छैन । त्यस्तै आरएसडिसी लघुवित्तले ८ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४५२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले प्रस्ताव गरेको बोनस शेयर र नगद लाभांश  स्रोत : सम्बन्धित कम्पनीहरूले प्रकाशित गरेको सूचनाबाट ।

यी चार कम्पनीका शेयरधनीलाई दशैंअघि लाभांश !

काठमाडौं । चालू आर्थिक वर्षको दुई महीनाभन्दा बढी समय बित्दा पनि हालसम्म ७ कम्पनीले मात्रै लाभांश प्रस्ताव गरेका छन् । गत आर्थिक वर्ष ०७९/८० सम्मको मुनाफाबाट पाँचओटा वाणिज्य बैंक र एक-एकओटा लघुवित्त कम्पनी र  होटल्स कम्पनीले लाभांश प्रस्ताव गरेका छन्, जसमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एनआईसी एशिया बैंक, ओरियण्टल होटल्स र युनिक नेपाल लघुवित्त वित्तीय संस्था छन् ।  यी कम्पनीहरूमध्ये माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक र ओरियण्ट होटल्सले दशैंअघि नै साधारण सभा आयोजना गरेका छन् । यस आधारमा यी चार कम्पनीका शेयरधनीले दशैंअघि नै लाभांश पाउनेछन् ।  एभरेष्ट बैंक, सानिमा बैंक र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले भने हालसम्म साधारण सभाको सूचना सार्वजनिक गरेका छैनन् ।  यस वर्ष वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७० प्रतिशत, सिटिजन्स बैंक इन्टरनेशलले ५ दशमलव ७९ प्रतिशत र एनआईसी एशिया बैंकले ३० दशमलव ५३ प्रतिशत लाभांश दिन लागेका छन् । त्यस्तै ओरियण्टल होटल्सले ५ दशलमव २६ प्रतिशत नगद लाभांश (करसहित) र युनिक नेपाल लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । युनिक नेपाल लघुवित्तले भने कति बोनस र नगद भन्नेबारे सूचनामा उल्लेख गरेको छैन ।  माछापुच्छ्रे बैंकको कुल लाभांशमध्ये १३ दशमलव ३० प्रतिशत बोनस शेयर छ भने कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश छ । त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत बोनस र कर प्रयोजन समेतका लागि १० दशमलव ५३ प्रतिशत नगद, सानिमा बैंकको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ७० प्रतिशत नगद लाभांश  छ ।  सिटिजन्स बैंकले भने यस वर्ष कर समेत ५ दशमलव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको एनआईसी एशिया बैंकले भने २९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  गत आर्थिक वर्ष लाभांश वितरण नगरेको माछापुच्छ्रे बैंकले भने यस वर्ष वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिले लाभांश पारित गर्न लागेको छ । बैंकले असोज १८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले साधारण सभा प्रयोजनको लागि भोलि (असोज ८ गते) बुक क्लोज गर्ने भएको छ । यस आधारमा आजसम्म कायम शेयरधनीहरूले साधारण सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  योबाहेक अन्य तीन कम्पनीले पनि दशैंअघि नै वार्षिक साधारण सभा गर्ने तयारी गरेका छन् । एनआईसी एशिया बैंकले असोज २८ गते साधारण सभा आयोजना गरेको छ । यस बैंकले असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । त्यस्तै, सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  त्यसैगरी, ओरियण्टल होटल्सले लाभांश पारितका लागि असोज २५ गते साधारण सभा बोलाएको छ । होटल्सले साधारण सभा प्रयोजनको लागि असोज १२ देखि २५ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीहरू साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

बुटवल पावरले वितरण गर्‍यो नगद लाभांश, बैंक खाता अद्यावधिक गराउन आग्रह

फागुन १०, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी पारित गरेको कर समेतको १० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत पुस २६ गते सम्पन्न २९औं वार्षिक साधारण सभाबाट यस वर्षका लागि नगद लाभांशसँगै १० प्रतिशत बोनस शेयर समेत कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको थियो । बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात वितरण गर्ने जानकारी दिएको कम्पनीले नगद लाभांश भने माघ २७ गतेदेखि नै वितरण गर्न शुरु गरेको बताएको छ । यसर्थ हालसम्म पनि आफ्नो बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएका शेयरधनीहरुको नगद लाभांश भने वितरण हुन बाँकी रहेकाले यथाशिघ्र गराउन कम्पनीले भनेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि लागि पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । कम्पनीले चुक्तापूँजी रू. २ अर्ब ९५ करोड १५ लाख ५४ हजारको आधारमा लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. ५० करोड ४६ लाख १९ हजार खुद नाफा गरेको थियो । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा ४ अर्बभन्दा बढी रकम सञ्चित रहेको थियो ।

बुटवल पावरले गर्‍यो २०% लाभांश प्रस्ताव, बुक क्लोजको मितिसमेत तय

मंसिर २९, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको मंसिर २८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित यो लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले पुस २६ गते २९औं वार्षिक साधारण सभा गर्ने मिति समेत तय गरिसकेको छ । मंसिर २८ गतेको सञ्चालक समितिको बैठकलेनै कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभा प्रयोजनका लागि पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।  बुक क्लोजको आधरामा पुस ८ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् । यो पनि हेर्नुस्: विद्युत् विक्री आम्दानी घटेसँगै बुटवल पावर कम्पनीको नाफा ३०.९९% घट्यो २५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको बुटवल पावर कम्पनीको ५ वर्षको लाभांश विवरण :