मेरो माइक्रोफाइनान्सको साधारण सभा आज , यी प्रस्ताव पारित हुने

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात माघ ६ गते दशौं वार्षिक साधारण सभा आयोजना गरेका छ । सभा क्राउन होटल हारती, नुवाकोटमा उक्त दिन बिहान ११ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो ।  सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल २० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले पारित गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुुस २१ गतेसम्म कायम शेयरधनीहरूमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  

सम्बन्धित सामग्री

नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो । लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष

आईएमईको २२ औँ साधारण सभा : कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित

काठमाण्डाै – कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आईएमईको २२ औँ साधारण सभा सम्पन्न भएको छ । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आईएमईले आज शुक्रवार काठमाण्डाैकाे एक होटलमा सम्पन्न गरेको २२ औँ साधारण सभाले याे प्रस्ताव पारित गरेको हो । योसँगै आईएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ । साधारण सभामा बाेल्दै आईएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शु...

आइएमइलाई आईपीओमा लैजाने प्रस्ताव पारित

कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानीमा २२औँ साधारण सभा गरेर उक्त प्रस्ताव पारित गरेको हो । योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ ।साधारण सभामा संक्षिप्त मन्तब्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरुको सुझा

शिवम् सिमेन्ट्सको विशेष साधारण सभा सम्पन्न

शिवम् सिमेन्टले विशेष साधारण सभा सम्पन्न गरेको छ । भदौ १० गतेका लागि बोलाइएको विशेष साधारण सभा अनामनगरस्थित कम्पनीको सभाहलमा सम्पन्न गरिएको हो । कम्पनीका संचालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको संचालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका सबै विशेष प्रस्ताव साधारणसभाले पारित गरेको छ । विशेष साधारण सभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धि

सानिमा बैंकको साधारण सभा आज, १७ प्रतिशत बोनस पारित हुँदै

सानिमा बैंकको १७औंं वार्षिक साधारण सभा आज (आइतबार) हुँदै छ। बिहान ११ बजे बालुवाटारमा  हुने सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।  सभाले यस बैंक कुनै बैंक तथा वित्तीय संस्थामा प्राप्ति वा मर्जर गर्न आवश्यक भएमा सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ। साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयधरनीदर्ता पुस्तिका कात्तिक ७ गते एक दिन बन्द भइसकेको छ ।

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सन नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन २५ गते साधारण सभा बोलाएको छ। आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको जनाइएको छ। इन्स्योरेन्स कम्पनीले आफ्नो कर्पोरेट कार्यालय, कमलादीमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कोरोना महामारीको कारण साधारण सभा अनलाइनमार्फत गर्ने गरी शेयरधनीहरुलाई मिटिङ्गको आईडी र पासवर्ड उपलब्ध गराउने कम्पनीले बताएको छ।

नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी प्रस्ताव पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको हो ।  वर्तमान अवस्थालाई ध्यानमा राख्दै बैंकले आयना शेयर धनीहरुलाई अभौतिक रूपमा उपस्थित हुन Zoom ID / Passcode को व्यवस्था मिलाएको थियो।युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः३५ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान ग