फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

मंसिर ५, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ९२१ दशमलव ८२ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार १४ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर १६ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनीमा साधारण सभा आयोजना गरेको छ ।

सम्बन्धित सामग्री

तारागाउँ रिजेन्सी हाेटलसहित तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल, तारागाउँ रिजेन्सी हाेटल र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । यी तीन कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ७२४ दशमलव ०९ कायम भएको छ । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९६ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले तारागाउँ रिजेन्सी होटलको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ८३६ दशमलव ६३ कायम भएको छ । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७० दशमलव १० मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले फर्स्ट माइक्रोफाइनान्सको ७ दशमलव ५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६२२ दशमलव ३३ कायम भएको छ ।  बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६६९ मा अन्तिम कारोबार भएको थियो ।  नेप्सेले यी तीन कम्पनीको बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा भोलि अर्थात् बिहीवार यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।

नेप्सेमा फर्स्ट माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था First Microfinance Laghubitta Bittiya Sanstha  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर ५ गते बुक क्लोज गरेकोले आज मूल्य संयोजन भएको हो ।  समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९२१ रुपैयाँ ८२ पैसा रहेको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य १ हजार १४ रुपैयाँ थियो । कम्पनीले आज मङ्सिर ५ गते बुक क्लोज गरेकोले  मङ्सिर २ गते म्म कायम सेयरधनिहरुले बार्षिक साधारणसभामा भाग लिन तथा स्वीकृत लाभांश प्राप्त गर्नेछन्।  लघुवित्तले मङ्सिर १८ गतेको लागि १२ औं साधारणसभा आब्हान गरेको छ। लघुवित्तको संचालक समितिले आर्थिक बर्ष २०७७-०७८ मा १०।५३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। भदौ १९ गते बसेको संचालक समितिले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।यस अवधिमा लघुवित्तको चुक्तापुंजी ८७ करोड ६८ लाख ११ हजार २०० रहेको छ। १० प्रतिशत बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्तापुंजी ९५ करोड नाघ्नेछ।