मेरो माइक्रोफाइनान्सको नाफा यस वर्ष १५.२०% बढ्यो

वैशाख १५, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३४ करोड १५ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको खुद नाफा गत वर्षभन्दा १५ दशमलव २० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २९ करोड ६५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन नाफा भने यस वर्ष करिब १६ प्रतिशत वृद्धि भएको छ । सम्भावित जोखिम शीर्षकमा गत वर्षभन्दा ५७ दशमलव ९४ प्रतिशत कम रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा बढ्न गई खुद नाफामा पनि सकारात्मक प्रभाव परेको हो । २० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. १ अर्ब २० करोड पुर्‍याएको कम्पनीको जगेडा कोष रकम पनि ५० दशमलव ९७ प्रतिशत बढेर रू. ७२ करोड ४९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले यस वर्ष १० प्रतिशत बढी रू. १० अर्ब ९९ करोड ७६ लाख कर्जा सापटी लिएको छ । गत वर्षभन्दा ३२ दशमलव ३२ प्रतिशत बढी रू. ३ अर्ब १७ करोड ४३ लाख निक्षेप संकलन गरेको कम्पनीले २५ प्रतिशत बढी रू. १६ अर्ब २४ करोड २३ लाख कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ७० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वष बढेर ३ दशमलव ८८ प्रतिशत कायम भएको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ९५ र प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव ४१ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको तरलता अनुपात १ दशमलव २२ रहेको छ ।

सम्बन्धित सामग्री

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ६९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सो अवधिसम्म २५ करोड ७० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष २३ दशमलव ३९ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा २३ दशमलव ४३२ प्रतिशत घटेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो । अघिल्लो वर्ष ४ करोड ३२ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ११ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुगेको हो । गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १७ करोड ७१ लाख रुपैयाँभन्दा बढी छ । १९ प्रतिशत बोनस शेयरमार्फत चुक्ता पूँजी बढाएर १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ पुर्‍याएको कम्पनीको जगेडा कोष रकम २५ करोड ३८ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको रिटेन्ड अर्निङ अघिल्लो वर्ष २१ करोड ९९ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष १८ करोड ८ लाख रुपैयाँभन्दा बढी छ । कर्जा सापटी अघिल्लो वर्षभन्दा गत वर्ष २१ प्रतिशत कम भएको छ भने कर्जा प्रवाह २६ प्रतिशतभन्दा बढीले घटेको छ । अघिल्लो वर्ष चौथो त्रैमाससम्म ९ अर्ब ४५ करोड ७६ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले गत वर्ष यस अवधिसम्म ७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ मात्र कर्जा सापटी लिएको छ । कर्जा प्रवाह भने अघिल्लो वर्ष १० अर्ब ३९ करोड २१ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ७ अर्ब ६५ करोड ६२ लाख रूपैयाँभन्दा बढी भएको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य रहेकोमा गत वर्ष शून्य दशमलव ६६ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ १६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३७ रुपैयाँ ८६ पैसा छ ।

६५ प्रतिशतले बढ्यो फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा, ईपीएस १०० रुपैयाँ

आर्थिक वर्ष ७८/७९ मा फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ६५.६५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीको खुद नाफा ५१ करोड ३ लाख रहेकोमा आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा बढेर ८४ करोड ५३ लाख पुगेको हो ।यस अवधिमा कम्पनीको खुद ब्याज आम्दनी भने ८.८५ प्रतिशतले बढेर  १ अर्ब ३६ करोड पुगेको छ । कम्पनीले प्रोभिजनमा राखेको १४ करोड १५ लाख राइट ब्याक गर्न सफल भएपछि कम्पनीको खुद नाफामा ठूलो वृद्धि देखिएको हो । यस अवधिमा कम्पनीको सापटी १६.८२ प्रतिशतले बढेर १८ अर्ब ६३ करोड पुगेको छ भने निक्षेप संकलन १९.८७ प्रतिशतले बढेर ७ अर्ब ९५ करोड पुगेको छ । कम्पनीको कर्जा प्रवाह २७.९६ प्रतिशतले बढेर १९ अर्ब ८१ करोड पुगेको छ । कम्पनीको खराब कर्जा ३.६७ प्रतिशतबाट घटेर १.८३ प्रतिशत कायम भएको छ ।८४ करोड ४४ लाख चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १ अर्ब ८४ करोड रहेको छ ।   यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०० रुपैयाँ ११ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ३१८ रुपैयाँ ८३ पैसा रहेको छ ।

तेस्रो त्रैमासमा फरवार्ड माइक्रोफाइनान्सको नाफा ९६.१३% बढ्यो

वैशाख २८, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ९६ दशमलव १३ प्रतिशत बढेको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको तुलनामा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।  उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. ३६ करोड १५ लाख रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. ७० करोड ९१ लाख पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा ८४ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. १ अर्ब ४ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ५६ करोड ८१ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ६४ दशमलव ४६ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा १ अर्ब ५ करोड रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा १ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३० दशमलव २९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २४ दशमलव ६३ प्रतिशत बढेको छ ।  कम्पनीको खराब कर्जा १ दशमलव ८६ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) १११ दशमलव ९७, मूल्य आम्दानी अनुपात १९ दशमलव ८७ गुणा छ भने प्रतिशेयर नेटवर्थ ३०५ दशमलव २२ छ ।  कम्पनीको सापटी १५ दशमलव ९५ प्रतिशत, निक्षेप संकलन १९ दशमलव १५ प्रतिशत र कर्जा प्रवाह ३० दशमलव ८० प्रतिशत बढेको छ । हाल कम्पनीको चुक्तापूँजी ८४ करोड ४४ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ३५ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीको चुक्तापूँजी ६२ करोड ५५ लाख रुपैयाँ थियो ।

नेशनल माइक्रोफाइनान्सको नाफा ८३% बढ्यो, प्रतिशेयर आम्दानी रू. ८३.६७

माघ १७, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १३ करोड ४१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २४ करोड ६१ लाख पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७२ प्रतिशत र सञ्चालन नाफा ८३ प्रतिशत वृद्धि भएको हो । कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा कम रकम छुट्याएकाले सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २ करोड ५६ लाख छुट्याएकोमा चालू आवको सोही अवधिमा रू. ४१ लाख ४५ हजार छुट्याएको छ ।  कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ६६ लाख रहेको छ भने जगेडामा रू. ५९ करोड ४१ लाख सञ्चित गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ६ अर्ब ४३ करोड सापटि लिएर, रू.२ अर्ब ८४ करोड निक्षेप संकलन गरेर रू. १० अर्ब २२ करोड कर्जा लगानी गरेको छ ।  सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ८३ दशमलव ६७, मूल्य आम्दानी अनुपात ३२ दशमलव ३३ गुणा, तरलता अनुपात ७ दशमलव ५३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०१ दशमलव २८ रहेको छ ।

८३ प्रतिशतले बढ्यो नेशनल माइक्रोफाइनान्सको नाफा , ईपीएस ८३.६७ रुपैयाँ

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नेशनल माइक्रोफाइनान्सको खुद नाफा ८३.४३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा कम्पनीले १३ करोड ४१ लाख खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा बढेर २४ करोड ६१ लाख पुगेको हो ।यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७२.२१ प्रतिशतले बढेर ४४ करोड ४० लाख पुगेको छ । समिक्षा अवधिमा कम्पनीको सापटी ५७.६३ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड पुगेको छ भने निक्षेप ५४.५२ प्रतिशतले बढेर २ अर्ब ८४ करोड पुगेको छ । यस अवधिमा कम्पनीको कर्जा प्रवाह ६०.२८ प्रतिशतले बढेर १० अर्ब २२ करोड पुगेको छ । ५८ करोड ६६ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ५९ करोड ४१ लाख रहेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८३.६७ रुपैयाँ, प्रति शेयर नेटवर्थ २०१.२८ रुपैयाँ र पीई रेसियो ३२.२४ गुणा रहेको छ ।

३८ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा, ईपीएस २१.६६ रुपैयाँ

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८.११ प्रतिशतले बढेको छ । आघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ७ करोड ५६ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १० करोड ४४ लाख खुद नाफा कमाएको हो । यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ९६ लाख रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी ५०.०४ प्रतिशतले बढेर १८ करोड २३ लाख पुगेको छ भने संचालन मुनाफा ४५.११ प्रतिशतले बढेर १४ करोड ८८ लाख पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २१.६६ रुपैयाँ, पीई रेसियो ४३.४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १२७.३७ रुपैयाँ, कोषको लागत ८.५९ रुपैयाँ, बेस रेट १०.३८ प्रतिशत, र स्प्रेड रेट ३.२९ प्रतिशत रहेको छ । यस अवधिमा कम्पनीले ९ अर्ब ५३ करोड सापटी लिएको छ भने ९ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ ।