महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको नेशनल माइक्रोफाइनान्सको एकीकृत कारोबार बुधवारदेखि

असार २९, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी असार ३० गते बुधवारदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । प्राप्ति पश्चात दुई कम्पनी एक भई नेशनल माइक्रोफाइनान्स लघवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार शुरु गर्न लागेका हुन् । ती दुबै कम्पनीले गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ती सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।  यी दुई कम्पनी बीच गत माघ ८ गते प्राप्ति सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकबाट गत वैशाख १५ गते महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले सैद्धान्तिक सहमति प्राप्त गरेकोे थियो ।  महिला सहयात्रा लघुवित्तलाई नेशनल माइक्रोफाइनान्सले १०० बराबर ६८ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ति गर्न लागेको हो । यस आधारमा महिला सहयात्राको १०० शेयर हुने शेयरधनीहरुले नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर प्राप्त गर्नेछन् ।  नेपाल राष्ट्र बैंकको असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट असार २४ गते एकीकृत कारोबारका लागि स्वीकृति प्राप्त भएसँगै कम्पनीहरुले एकीकृत कारोबारको मिति तय गरेका हुन् । नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङ्गमा र महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरमा रहेको छ । एकीकृत कारोबार पछि केन्द्रीय कार्यालय पुछारबजार, धादिङ्गमा रहने कम्पनीले जानकारी दिएको छ ।  एकीकृत कारोबारको तयारीका लागि असार २९ गते एक दिन दुबै कम्पनीको सम्पूर्ण कारोबार बन्द रहने जानकारी पनि कम्पनीले गराएको छ । हाल ४३ ओटा जिल्लाहरुमा ६५ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको नेशनल माइक्रोफाइनान्सको चुक्तापूँजी रू. ३१ करोड ९४ लाख ९५ हजार रहेको छ ।   त्यस्तै १८ ओटा जिल्लाहरुमा कार्यक्षेत्र रहेको महिला सहयात्राको चुक्तापूँजी रू. १४ करोड ६४ लाख १० हजार रहेको छ । यसवर्ष महिला सहयात्राले १० प्रतिशत बोनस शेयर र नेशनल माइक्रोफाइनान्सले २१ प्रतिशत बोनस मार्फत पूँजी बढाएका हुन् ।  बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/  गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम महिला सहयात्राको शेयर कारोबार माघ ९ गतेदेखि रोक्का भएको छ ।   

सम्बन्धित सामग्री

नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस शेयर वितरण

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले वैशाख १५ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रू. ५८ करोड ६६ लाख ७४ हजारको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभा प्रयोजनका लागि वैशाख ४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको आधारमा वैशाख ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन् । साविक महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी २०७८ असार ३० देखि एकीकृत कारोबार गरेकाले सोपश्चात् शेयर कायम गर्ने सदस्यहरूले बोनस शेयरबापतको कर जम्मा गरेपछि मात्र बोनस शेयर प्राप्त गर्ने कम्पनीको भनाइ छ । एकीकृत कारोबारको मितिभन्दा अघिसम्म कायम शेयरधनीहरूलाई भने बोनस शेयरमा लाग्ने कर छूट हुनेछ । वैशाख ३ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको छ । कर्जा फुकुवा भइसकेको भए आफ्नो बोनस शेयरसमेत फुकुवा गर्न कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लिमिटेड छ । यो कम्पनी हाल समीट लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रक्रियामा छ । नेशनल माइक्रोफाइनानसको १ कित्ता शेयर बराबर समीट लघुवित्तको शून्य दशमलव ७३ कित्ता शेयर आदानप्रदान हुने गरी दुई कम्पनीबीच मर्जर सहमति भएको हो ।  यस वर्षको बोनस शेयरपछि कायम हुने समीट लघुवित्तको शेयर पूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारणतर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्तावसमेत असार ३ गते सम्पन्न विशेष साधारण सभामार्फत पारित भइसकेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

नेशनल माइक्रोफाइनान्सको एकीकृत कारोबार सुरू

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर बुधबारदेखि एकीकृत कारोबार सुरु भएको छ । प्राप्तिपछि दुई कम्पनी एक भएर नेशनल माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।दुवै कम्पनिले गत जेठ २५ गतेको विशेष साधारणसभाबाट प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनीबीच माघ ८ गते मर्जरसम्बन्धी […]