समायोजनपछि पनि २.३७ % घट्यो फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य

मंसिर ५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार समायोजनपछि पनि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ ।  कम्पनीको प्रस्तावित १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको थियो । कम्पनीको बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार १४ को आधारमा नेप्सेले बोनसपछिको मूल्य रू. ९२१ दशमलव ८२ तोकेको थियो ।  समायोजन पछि रू. ९४० मा खुला भएको कम्पनीको शेयरमूल्य न्यूनतम रू. ८८५ देखि अधिकतम रू. ९४० सम्म पुगेर अन्तिम मूल्य रू. ९०० मा झरेको हो । यस दिन समायोजनपछि पनि कम्पनीको शेयरमूल्य २ दशमलव ३७ प्रतिशत अर्थात् प्रतिकित्ता रू. २१ दशमलव ८२ ले घटेको हो । यस दिन कम्पनीको रू. १ करोड १८ लाख २७ हजार बराबरको १३ हजार १६२ कित्ता शेयर कारोबार भएको छ ।  कम्पनीले यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांशसमेत वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १६ गते वार्षिक साधारण सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले मंसिर ५ गते बुक क्लोज गरेसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तोकिदिएको हो ।  आइतवार समायोजन पछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । आइतवारदेखि कारोबारमा सहभागी लगानीकर्ताहरुले भने कम्पनीको प्रस्तावित लाभांश पाउनेछैनन् ।   

सम्बन्धित सामग्री

फर्स्ट माइक्रोफाइनान्सको नाफा यस वर्ष साढे २० प्रतिशत घट्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्म फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत वर्षभन्दा साढे २० प्रतिशत कम भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणलाई आधार मान्दा गत वर्ष ६ करोड ३७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेकोमा यस वर्ष ५ करोड ६ लाख रुपैयाँभन्दा बढी मात्र यो नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि साढे २० प्रतिशत घटेको छ । गत वर्ष १२ करोड ३७ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ७ करोड २४ लाख रुपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । ब्याज आम्दानी गत वर्ष १२ करोड १ लाख रुपैयाँ भएकोमा यस वर्ष ८ करोड १ लाख रुपैयाँभन्दा बढी मात्र ब्याज आम्दानी भएको हो । वितरणयोग्य नाफा पनि यस वर्ष घटेको छ । गत वर्ष २४ करोड ३४ लाख रुपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा गरेको कम्पनीको यस वर्ष उक्त नाफा २० करोड ४७ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ छ । रिटेन्ड अर्निङमा २० करोड ४७ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम २८ करोड १६ लाख रुपैयाँभन्दा बढी छ । गत वर्ष शून्य रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ९१ प्रतिशत छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६६ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा छ ।

फर्स्ट माइक्रोफाइनान्सको नाफा २०.५२ प्रतिशतले घट्यो

१६ कात्तिक, काठमाडौं । सम्भावित कर्जा नोक्सानीको लागि प्रोभिजनिङ नगर्दा फन फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा ५ करोड ६ लाख ८४ हजार रुपैयाँ मुनाफा …

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ६९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सो अवधिसम्म २५ करोड ७० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष २३ दशमलव ३९ प्रतिशत कम खुद नाफा गरेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा २३ दशमलव ४३२ प्रतिशत घटेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा समेत असर परेको हो । अघिल्लो वर्ष ४ करोड ३२ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ११ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुगेको हो । गत वर्षको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १७ करोड ७१ लाख रुपैयाँभन्दा बढी छ । १९ प्रतिशत बोनस शेयरमार्फत चुक्ता पूँजी बढाएर १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँ पुर्‍याएको कम्पनीको जगेडा कोष रकम २५ करोड ३८ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको रिटेन्ड अर्निङ अघिल्लो वर्ष २१ करोड ९९ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष १८ करोड ८ लाख रुपैयाँभन्दा बढी छ । कर्जा सापटी अघिल्लो वर्षभन्दा गत वर्ष २१ प्रतिशत कम भएको छ भने कर्जा प्रवाह २६ प्रतिशतभन्दा बढीले घटेको छ । अघिल्लो वर्ष चौथो त्रैमाससम्म ९ अर्ब ४५ करोड ७६ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले गत वर्ष यस अवधिसम्म ७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ मात्र कर्जा सापटी लिएको छ । कर्जा प्रवाह भने अघिल्लो वर्ष १० अर्ब ३९ करोड २१ लाख रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ७ अर्ब ६५ करोड ६२ लाख रूपैयाँभन्दा बढी भएको छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य रहेकोमा गत वर्ष शून्य दशमलव ६६ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ १६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३७ रुपैयाँ ८६ पैसा छ ।

नाफा बुक भएसँगै ३०.७५ अंकले घट्यो बजार, ४ अर्ब ६२ करोड बराबरको शेयर खरीदविक्री

पुस २१, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३० दशमलव ७५ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ६४९ दशमलव २० विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका ओटा २३६ धितोपत्रमध्ये मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१४ दशमलव २० पुगेको छ ।  यो दिन दोस्रोमा छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनमा ५ दशमलव ४९ प्रतिशत बढेर रू. ४१७ दशमलव ९० पुगेको छ ।  त्यस्तै यो दिन सबैभन्दा बढी विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ४ दशमलव ५५ प्रतिशतले घटेकाले सर्वाधिक गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३२२ मा झरेको छ ।  त्यस्तै दोस्रोमा फष्र्ट माइक्रोफाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ४ दशमलव ३२ प्रतिशतले घटेर रू. ८६० मा झरेको छ । बुधवार सर्वाधिक शेयर खरीदविक्री भने शिवम् सिमेण्टको भएको छ । कम्पनीको रू. १८ करोड ७२ लाख ६२ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५२३ कायम भएको छ । त्यसैगरी दोस्रोमा अपि पावर कम्पनीको रू. १६ करोड ७४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसुचक शून्य दशमलव ४९ प्रतिशत र वित्त समूहको परिसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक पनि घटेको छ । समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक १ दशमलव ५२ प्रतिशत,व्यापार समूहको १ दशमलव ७४ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव २१ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ७१ प्रतिशतले घटेको छ । यसैगरी निर्जीवन बीमा समूहको १ दशमलव ८८ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ७२ प्रतिशत,अन्य समूहको शून्य दशमलव १६ प्रतिशत,लघुवित्त समूहको २ दशमलव १ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव ३८ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ९६ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ५४ प्रतिशतका दरले घटेको छ । पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा नाफा बुक भएसँगै बुधवार बजार केही प्रभावित बनेको हो । पछिल्लो समय लगानीकर्ताहरुले छोटो समयमानै नाफा भएपछि बुक गर्ने गरेका कारण परिसूचक घटेको हो । त्यसोत पुस मसान्तमा ऋणको साँवा र ब्याज तिर्नुपर्ने हुन्छ ।यसले गर्दा कतिपयले शेयर बेचेर तिर्ने गर्दछन् । सोही कारण पनि बजार प्रभावित भएको अनुमान लगाउन सकिन्छ ।

६ ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट, कुन- कुन कम्पनीको घट्यो ?

वैशाख २६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारमा अएका २१९ ओटा कम्पनी मध्ये ६ ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ ।  सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा उच्च गिरावट आएको हो । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको हो ।  त्यसैगरी बिशाल बजार कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत ,सिंगटी हाइड्रो इनर्जीको ९ शदमलव ५६ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव २४ प्रतिशत,सर्पोट माइक्रोफाइनान्सको ७ शदमलव ४४ प्रतिशत  र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर मूल्य ७ दशमलव २९ प्रतिशतका दरले घटेको छ । ती छ ओटै कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता हावी भएकाले उच्च गिरावट आएको हो ।  महिला लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार ५२७, बिशाल बजार कम्पनीको रू. ६ हजार ४५,सिगंटी हाइड्रोको रू. ४३५,युनियन हाइड्रोपावरको रू. १६७, सपोर्ट माइक्रोफाइनान्सको रू.२ हजार ३५१ र रैराङ हाइड्रोपावरको रू. ४०७ पुगेको छ ।  यसअघि केही कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । पुन : अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेकाले घटेको हो भने महिला लघुवित्त र सिंगटी हाइड्रोको शेयरमा आईपीओमा परेको शेयर बेच्नेहरुको संख्या धेरै भएकाले गिरावट आएको हो । महिला लघुवित्तको हकमा लगातार आइतवार ३४ औं दिनमा आएर नकारात्मक  सर्किट लागेको हो ।