एन्फामा चार वर्षे नयाँ कार्यकालको लागि सोमबार (भोलि) हुन लागेको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दिनुभएको छ। अध्यक्ष पदका लागि शेर्पा र नेम्वाङ समूहसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेलसमेत चुनावी मैदानमा हुनुहुन्छ। स्वतन्त्र उम्मेदवारको रुपमा प्रस्तुत पौडेलको प्यानल छैन।