वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट गत आर्थिक वर्षमा १४ करोडभन्दा बढीको अचार निर्यात भएको छ । विभिन्न नेपाली ब्रान्डका अचार तेस्रो मुलुकतर्फ निर्यात भएको बन्दरगाहस्थित भन्सार कार्यालयले जनाएको छ ।
नेपालले एक वर्षमा १५ करोड ८ लाख रुपैयाँको अचार निर्यात गरेको छ । आर्थिक वर्ष ०८०/८१ मा नेपालले १५ करोड ८ लाख १७ हजार रुपैयाँ बराबरको १ लाख ८२ हजार ९४२ किलो अचार निर्यात गरेको थियो । अचार सबैभन्दा बढी अस्ट्रेलिया, इटाली, जापान, बेलायत र अमेरिकामा निर्यात हुन्छ । बेल्जियम, क्यानडा, चीन, जर्मन, हङकङ र कोरियामा पनि अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म १० करोड ४ लाख २८ हजार रुपैयाँको अचार निर्यात भएको छ । भन्सार विभागका अनुसार १ लाख ५० हजार ५१६ किलो अचार अस्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, अमेरिका, बेलायतमा निर्यात भएको हो ।
काठमाडौं (अस) । नेपालले विश्वका विभिन्न मुलुकमा अचार निर्यात गर्दै आएको छ । चालू आर्थिक वर्षको ११ महीनामा मात्रै १० करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । उक्त मूल्यको १ लाख ५० हजार ५१६ किलोग्राम अचार निर्यात भएको हो । गतवर्षको सोही अवधिमा नेपालले २ करोड ६९ लाख ९४ हजार रुपैयाँको ४२ हजार २९३ किलोग्राम अचार निर्यात गरेको थियो । गतवर्षको उक्त अवधिको तुलनामा यो वर्षको सो अवधिमा अचार निर्यात परिमाणमा २५५ प्रतिशत र मूल्यमा २७२ प्रतिशतले बढेको छ ।
पछिल्लो ११ महीनामा नेपालले अमेरिकामा ३ करोड १४ लाख ३४ हजार रुपैयाँको ३९ हजार ४२० किलोग्राम अचार निर्यात गरेको छ ।
नेपालले अस्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा अचार निर्यात गर्दै आएको छ । नेपालबाट सबैभन्दा धेरै अचार निर्यात हुने देशमा अमेरिका छ । पछिल्लो ११ महीनामा नेपालले अमेरिकामा ३ करोड १४ लाख ३४ हजार रुपैयाँको ३९ हजार ४२० किलोग्राम अचार निर्यात गरेको छ । त्यसैगरी कोरियामा १ करोड ६८ लाख रुपैयाँको २८ हजार ५०० किलोग्राम, जापानमा १ करोड ६६ लाख रुपैयाँको २५ हजार २११ किलोग्राम र अष्ट्रेलियामा १ करोड १८ लाखको १६ हजार १०० किलोग्राम अचार निर्यात गरेको छ ।
काठमाडौं । नेपालले विश्वको विभिन्न मुलुकमा अचार निर्यात गर्दै आएको छ । चालू आर्थिक वर्षको ११ महीनामा मात्रै १० करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको भन्सार विभागको तथ्याङ्क छ । उक्त मूल्यको १ लाख ५० हजार ५१६ किलोग्राम अचार निर्यात गरेको हो ।
गत वर्षको सोही अवधिमा नेपालले २ करोड ६९ लाख ९४ हजार रुपैयाँको ४२ हजार २९३ किलोग्राम अचार निर्यात गरेको थियो । गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सो अवधिमा अचार निर्यात परिमाणमा २५५ प्रतिशत र मूल्यमा २७२ प्रतिशतले बढेको छ ।
नेपालले अस्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा आचार निर्यात गर्दै आएको छ ।
नेपालबाट सबैभन्दा धेरै अचार निर्यात हुने देशमा अमेरिका छ । पछिल्लो ११ महीनामा नेपालले अमेरिकामा ३ करोड १४ लाख ३४ हजार रुपैयाँको ३९ हजार ४२० किलोग्राम अचार निर्यात गरेको छ ।
त्यसैगरी कोरियामा १ करोड ६८ लाख रुपैयाँको २८ हजार ५०० किलोग्राम, जापानमा १ करोड ६६ लाख रुपैयाँको २५ हजार २११ किलोग्राम र अष्ट्रेलियामा १ करोड १८ लाखको १६ हजार १०० किलोग्राम अचार निर्यात गरेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले पाँच मुलुकलाई ४८ हजार किलोभन्दा धेरै तयारी अचार बिक्री गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार घरेलु उद्योगमा बनेको विभिन्न प्रकारका अचार अष्ट्रेलिया, इटाली, दक्षिण कोरिया र अमेरिका निर्यात भएको हो । नेपालबाट मुला, मासु, टिम्मुर, मिक्स भेजिटेबल लागयतका परिकारबाट बनाइएको अचार धेरै बिक्री हुने गरेको […]
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ करोड ७१ लख ८४ हजार रुपैयाँको अचार निर्यात भएको छ । साउन र भदौ महिनामा ४८ हजार ८९२ किलो अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा साढे २ करोड रुपैयाँ बराबरको अचार निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २ करोड ४९ लाख ७० हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।विभागका अनुसार यस अवधिमा ४६ हजार २५ किलोग्राम अचार निर्यात भएको छ । विश्वका ४ वटा देशले नेपालमा उत्पादित अचार आयात गर्ने गरेका छन् । जसमा अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया र इटाली रहेका छन् ।अमेरिकामा सबैभन्दा धेरै १ करोड ३८ लाख रुपैयाँ बराबरको अचार निर्यात भएको छ । यस्तै, इटालीमा ८७ लाख ३९
बजारमा विभिन्न ब्रान्डमा फरक–फरक स्वादका ‘रेडिमेड’ अचार किन्न पाइन्छ । उत्पादित अचारको खपत बढी मात्रामा आन्तरिक बजारमै हुने भए पनि विदेशसमेत निर्यात हुन थालेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा झन्डै सवा २ करोड रुपैयाँको अचार बाहिरिएको छ, जसमा लप्सी, मुला, गाजर, अकबरे खुर्सानीका अलावा बफ, चिकेन, माछाको समेत अचार निर्यात भएको छ ।
काठमाडौं । आजभन्दा करीब २८ वर्षअघि हजुरी विष्टले आफ्नो घरको भान्सा कोठाबाट उत्पादन शुरू गरेको अचार अहिले यूरोपसम्म निर्यात हुन थालेको छ ।
उनले उत्पादन गर्न थालेको नवरस र किचेन रेसीपी विदेशमा विक्री हुन थालेको हो । उनका अनुसार यतिखेर उद्योगको कुल उत्पादनको करीब ९० प्रतिशत अचार नेपाली बजारमै विक्री हुने गर्छ भने १० प्रतिशत यूरोपका देशहरू र अमेरिका, जापानसम्म पनि निर्यात हुने गरेको छ ।
नेपाली बजारमा विक्रीको जिम्मा विन मल्टी पर्पोजले कोअपरेटिभ लिमिटेडले लिएको छ । उसले भाटभटेनी, बिगमार्ट र सेल्सवेरीलगायत स्थानमा अचार विक्रीका लागि पठाउने गर्छ ।
विदेशी बजारमा चाहिँ निर्यातकर्ता व्यापारीहरूले किनेर निर्यात गर्ने गरेका छन् । उनको उद्योगमा माछा, मासु, खुर्सानी, मुला, काँक्रो, आँप, गुन्द्रुक, अमला, लप्सी, कागतीलगायत विभिन्न थरीका अचार बन्ने गर्छन् ।
दुवै ब्रान्डका अचार बट्टामा ५ सय ग्रामदेखि १ केजीसम्म प्याकेजिङ र लेबलिङ गरी बजारमा पठाइन्छ । अचारको परिकार र त्यसमा प्रयोग भएको वस्तुका आधारमा १५० देखि १ हजार १ सय मूल्यसम्ममा बजारमा किन्न पाइन्छ । शतप्रतिशत अग्र्यानिक भएकाले यसमा कुनै पनि प्रकारको केमिकल नमिसाइएको विष्ट बताउँछिन् ।
उनले काम शुरू गर्दा नेपाली बजारमा विदेशबाट आयातित अचारको खपत अत्यधिक हुने गरेको थियो । बजारमा कुनै पनि नेपाली अचारका परिकार थिएनन् । यो बुझेर विन मल्टी पर्पोज कोअपरेटिभ लिमिटेडले विष्टलगायत अन्य केही महिलाको समूहलाई अचार उत्पादन गर्नेसम्बन्धी तालीम दिएको थियो ।
ललितपुरको धोबीघाटस्थित आफ्नै घरमा उनी एक्लैले शुरू गरेको व्यवसायमा अहिले २२ जना कामदारले रोजगारी पाएका छन् भने यसको वार्षिक कारोबार २ करोड रुपैयाँसम्मको हुने गरेको छ । उद्योगको लगानी करीब ६ करोड रुपैयाँ पुगेको छ । उद्योगलाई बढाउँदै लैजाने क्रममा ज्वाइँ ऋतुराज पाण्डे र छोरी हिमाले काठमाडौंमै अचार घर नामक रेष्टुराँसमेत सञ्चालनमा ल्याएको उनले बताइन् ।
रेस्टुराँमा पनि उनले उत्पादन गरेका ब्रान्डका अचार प्रयोग हुने गर्छ ।
कुनै पनि कामलाई सानो र ठूलोको दृष्टिले हेर्नेभन्दा पनि सबै कामलाई समान रूपले हेर्न सकेमा सफलता हात पार्न गाह्रो नहुने उनको बुझाइ छ । ‘मलाई घर खर्च चलाउन समस्या भएर वा आर्थिक रूपले निकै समस्या परेर काम शुरू गरेको होइन । आफैले केही गरौं भनेर यो काम शुरू गरें,’ उनले विगत सुनाइन् ।
उनी भन्छिन्, ‘१७ वर्षको उमेरमा आइकम पढ्दापढ्दै विवाह भयो । विवाहपछि श्रीमान् पीएचडी अध्ययनका लागि पेरिस जानुभयो । म पनिसँगै गएँ । ७ वर्ष विदेश बसेर आएपछि श्रीमान्ले त्रिभुवन विश्वविद्यालयमा शिक्षण र अरू विभिन्न काम थाल्नुभयो । मैले चाहिँ अचार बनाउने काम शुरू गरें ।’
समाजशास्त्री डोरबहादुर विष्टकी बुहारी भएर पनि अचार बेच्ने काम गरेको भनेर समाजमा कुरा काट्दा त्यसलाई वास्ता नगरेको उनको भनाइ छ । ‘बरु छरछिमेकीका घरघरमा झोलामा अचार बोकेर मैले बनाएको अचार कस्तो छ चाखिदिनुस् भनेर बेच्न जान्थें,’ खुशी हुँदै उनी भन्छिन् ।
उनी थप्छिन्, ‘मेरो यही विश्वासका कारण भारत, चीन, बंगलादेशलगायतका देश घुम्ने अवसर पनि पाएँ । सरकारबाट उत्कृष्ट महिला उद्यमी पुरस्कार समेत प्राप्त गरें ।’
उनको कामबाट प्रेरित भएर धेरैले यस्तै व्यवसाय थालेका छन् । त्यसले उनलाई ६६ वर्षको उमेरमा पुग्दा पनि ऊर्जा प्राप्त हुन्छ ।