बजारमा विभिन्न ब्रान्डमा फरक–फरक स्वादका ‘रेडिमेड’ अचार किन्न पाइन्छ । उत्पादित अचारको खपत बढी मात्रामा आन्तरिक बजारमै हुने भए पनि विदेशसमेत निर्यात हुन थालेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा झन्डै सवा २ करोड रुपैयाँको अचार बाहिरिएको छ, जसमा लप्सी, मुला, गाजर, अकबरे खुर्सानीका अलावा बफ, चिकेन, माछाको समेत अचार निर्यात भएको छ ।