नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा साढे २ करोड रुपैयाँ बराबरको अचार निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २ करोड ४९ लाख ७० हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।विभागका अनुसार यस अवधिमा ४६ हजार २५ किलोग्राम अचार निर्यात भएको छ । विश्वका ४ वटा देशले नेपालमा उत्पादित अचार आयात गर्ने गरेका छन् । जसमा अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया र इटाली रहेका छन् ।अमेरिकामा सबैभन्दा धेरै १ करोड ३८ लाख रुपैयाँ बराबरको अचार निर्यात भएको छ । यस्तै, इटालीमा ८७ लाख ३९