रसुवा – रसुवागढी नाकाबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा १ सय १५ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको तथ्यांक अनुसार फूल तथा सागपातजन्य वस्तु ३२ दशमलव ७ टन, खाद्यान्न दलहन तथा अन्य १५ दशमलव ४ टन, मसलाजन्य ६ दशमलव ८, मासुजन्य २ दशमलव ४, चियाजन्य ७ दशमलव ४ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका २३ दशमलव ५ टन खाद्य सामग्री आयात भएको हो ।
चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सि...