अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छ नेपाली अचार

काठमाडौं (अस) । नेपालले विश्वका विभिन्न मुलुकमा अचार निर्यात गर्दै आएको छ । चालू आर्थिक वर्षको ११ महीनामा मात्रै १० करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । उक्त मूल्यको १ लाख ५० हजार ५१६ किलोग्राम अचार निर्यात भएको हो । गतवर्षको सोही अवधिमा नेपालले २ करोड ६९ लाख ९४ हजार रुपैयाँको ४२ हजार २९३ किलोग्राम अचार निर्यात गरेको थियो । गतवर्षको उक्त अवधिको तुलनामा यो वर्षको सो अवधिमा अचार निर्यात परिमाणमा २५५ प्रतिशत र मूल्यमा २७२ प्रतिशतले बढेको छ । पछिल्लो ११ महीनामा नेपालले अमेरिकामा ३ करोड १४ लाख ३४ हजार रुपैयाँको ३९ हजार ४२० किलोग्राम अचार निर्यात गरेको छ । नेपालले अस्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा अचार निर्यात गर्दै आएको छ । नेपालबाट सबैभन्दा धेरै अचार निर्यात हुने देशमा अमेरिका छ । पछिल्लो ११ महीनामा नेपालले अमेरिकामा ३ करोड १४ लाख ३४ हजार रुपैयाँको ३९ हजार ४२० किलोग्राम अचार निर्यात गरेको छ । त्यसैगरी कोरियामा १ करोड ६८ लाख रुपैयाँको २८ हजार ५०० किलोग्राम, जापानमा १ करोड ६६ लाख रुपैयाँको २५ हजार २११ किलोग्राम र अष्ट्रेलियामा १ करोड १८ लाखको १६ हजार १०० किलोग्राम अचार निर्यात गरेको छ ।

सम्बन्धित सामग्री

अचार बेच्दै राजनीति गरिरहेकी शान्ता

एक वर्षअघि सुरु भएको चौधरीको अचार उद्योग अहिले काठमाण्डौ, सुर्खेत र कैलालीसहितका विभिन्न शहरसँगै विदेशमा पनि जान थालेको हो । जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, मलेसियालगायतका देशहरूबाट पनि माग आउन थालेपछि उनले उत्पादन पनि त्यहीअनुसार बढाएकी छन् ।

काठमाडाैंमा उत्पादित अचार अष्ट्रेलिया, क्यानडा र अमेरिकामा

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेकी छन् काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुकी सरस्वती लोहनी अधिकारी । आफ्नै घरमा अचार उत्पादन सुरु गरेकी अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर तीन वर्षमा रु ५० लाखभन्दा बढी आम्दानी गर्छिन् ।     &...

काठमाडाैंमा उत्पादित अचार अष्ट्रेलिया, क्यानडा र अमेरिकामा

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेकी छन् काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुकी सरस्वती लोहनी अधिकारी । आफ्नै घरमा अचार उत्पादन सुरु गरेकी अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर तीन वर्षमा रु ५० लाखभन्दा बढी आम्दानी गर्छिन् ।     &...

दुई महिनामा नेपालले ५ मुलुकलाई बेच्योे ४८ हजार किलो अचार

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालले पाँच मुलुकलाई ४८ हजार किलोभन्दा धेरै तयारी अचार बिक्री गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार घरेलु उद्योगमा बनेको विभिन्न प्रकारका अचार अष्ट्रेलिया, इटाली, दक्षिण कोरिया र अमेरिका निर्यात भएको हो । नेपालबाट मुला, मासु, टिम्मुर, मिक्स भेजिटेबल लागयतका परिकारबाट बनाइएको अचार धेरै बिक्री हुने गरेको […]

नेपालबाट साढे २ करोडको अचार निर्यात

नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा साढे २ करोड रुपैयाँ बराबरको अचार निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २ करोड ४९ लाख ७० हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।विभागका अनुसार यस अवधिमा ४६ हजार २५ किलोग्राम अचार निर्यात भएको छ । विश्वका ४ वटा देशले नेपालमा उत्पादित अचार आयात गर्ने गरेका छन् । जसमा अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया र इटाली रहेका छन् ।अमेरिकामा सबैभन्दा धेरै १ करोड ३८ लाख रुपैयाँ बराबरको अचार निर्यात भएको छ । यस्तै, इटालीमा ८७ लाख ३९