पर्वत : गण्डकी प्रदेश सरकारले प्रदेश सांसदकै हैसियत बराबर हुने गरी हरेक वर्ष तीन जनालाई ‘गण्डकी रत्न’ विभूषण प्रदान गर्ने भएको छ।प्रदेश सरकारले बनाएको विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि २०७८ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेसँगै प्रदेश सरकारले बनाएको सिफारिस समितिले छनोट गरेका तीन जनालाई सम्मान गरिने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। खड्काका अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधिलगायत क्षेत्रमा योगदान पुर्याएकाहर